घट्यो सुनको भाउ

काठमाडौं, नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।आज सोमबार सुन चाँदीको भाउ घटेको हो । आईतबार तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ २ सय रुपैयाँले घटेर आज १ लाख २ हजार ४ सय रुपैयाँमा आईपुगेको छ ।तेजावी सुनपनि आज तोलामा २ सय रुपैयाँले नै घटेर १ लाख १ हजार ९ सय रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउ पनि आज सोमबार १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १३ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८७ हजार ७९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८७ हजार ३६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ९६ रुपैयाँ कायम गरेको छ ।चाँदी आज तोलामा १५ रुपैयाँ घटेर तोलाको १३ सय ९५ रुपैयाँ कायम भएको हो ।