साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रो’क

भक्तपुर । विभिन्न जिल्लाबाट साँगा ना’का हुँदै उपत्यका प्रवेश गर्न रो’क लगाइएको छ ।उपत्यकामा कोभिड–१९ को जो’खिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने ना’कामा क’डाइ गरिएको हो ।महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले विभिन्न जिल्लाबाट साँगा ना’का हुँदै उपत्यका प्रवेश गर्न रो’क लगाइएको जानकारी दिनुभयो ।साँगा र बनेपाबाट नाला हुँदै भक्तपुर प्रवेश गर्ने ना’कामा समेत क’डाइ गर्दै एम्बुलेन्स र दमकल लगायतका अत्यावश्यक सवारी साधनबाहेक अरुलाई रो’क लगाएको उहाँको भनाइ छ ।

विभिन्न जिल्लाबाट निजी र रिजर्भ गाडीमा आएका यात्रुलाई साँगाबाट फर्काउने गरेको र पैदल यात्रीलाई समेत रो’क लगाइएको प्रनाउ जोशीले बताउनुभयो ।उहाँका अनुसार साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म एम्बुलेन्स र दमकल बाहेकका सबै प्रकारका यातायातका सा’धनलाई प्रवेशमा रो’क लगाइएको छ ।पास भएका सवारी साधन पनि साँझ ७ बजेबाट प्रवेश गर्न पाउने छैनन् ।ढुवानीका साधन भने राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने छन् तर ढुवानीका साधनमा पनि एक चालक र एक सहचालक बाहेक अरु व्यक्ति रहेको पाइए प्रवेशमा रो’क लगाइने प्रनाउ जोशीले बताउनुभयो ।

प्रहरीले राति ९ बजेभित्र सम्पूर्ण नागरिकलाई आफ्नो घर पुगिसक्न आ’ह्वान गरेको छ ।राति ९ बजेदेखि बिहान ५ बजेसम्म कुनै पनि निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न र पैदल यात्रुलाई समेत रो’क लगाइएको छ ।प्रनाउ जोशीले भन्नुभयो, “राति नौ बजेदेखि बिहान ५ बजेसम्म तो’किएको बाहेक कुनै पनि यातायात सञ्चालन गर्न पाइने छैन, त्यो अ’वधिमा पैदल यात्रीलाई समेत हिँडडुल गर्न रो’क लगाएका छौँ, त्यसैले ९ बजेभित्र सबैजना आ–आफ्नो घर पुगिसक्न आ’ग्रह गर्दछौँ ।”नौ बजेपछि कुनै पनि पसल, होटल, रेष्टुरेन्ट सञ्चालनमा रो’क लगाइएको छ ।

काभ्रेबाट उपत्यका प्रवेश गर्नेको ह’कमा नागरिकता वा परिचयपत्र वाहकलाई मात्र प्र’वेश गर्न दिइएको छ ।केही दिनअघि नमूनाका रूपमा साँगा ना’काबाट उपत्यका प्रवेश गर्ने ६३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा १३ जनामा कोरोना भाइरस सङ्क्रमण पाइएपछि सरकारले उपत्यका प्रवेश गर्ने ना’कामा क’डाइ गरेको हो ।लकडाउन खुलेपछि विभिन्न जिल्लाबाट उपत्यका प्र’वेश गर्नेको भीडसँंगै कोरोना सङ्क्रमितको सङ्ख्या पनि ब’ढ्दै गएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये उपत्यका बाहिरबाट आउने ६३ प्रतिशत रहेको छ ।रासस