नि’षेधाज्ञा तो’ड्दै बिना पास मन्त्रीको गाडी रोडमा सरर…

२६ श्रावण २०७७, सोमबार रौतहट । प्रदेश नं. २ का भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलको गाडी सरकारले लगाएको नि’षेधाज्ञा तो’ड्दै राजमार्गमा गुडेपछि सोमबार केही बेर प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नि’षेधाज्ञालाइ क’डाइ गर्ने क्रममा चन्द्रनिगाहपुरको मुख्य चोकमा चेक जाच गर्ने क्रममा सो गाडीलाइ केहि बेर नियन्त्रणमा लिएर छा’डेको थियो ।बाराको जितपुरबाट जनकपुर हिडेको प्रदेश २ —०२ /००१ झ ००७४ नम्बरको उक्त गाडीमा मन्त्री सोनलका स्वकीय सचिब सवार थिए ।

सवारी चे’कजाचको क्रममा ती गाडीमा सवार व्यक्तिले आफु प्रदेश २ का भौतिक पुर्वाधार मन्त्री सोनलको स्वकीय सचिब भएको र हतार हतारमा पास लिन नसकेको बताएका थिए । अबदेखि पास लिएर मात्रै हिड्न सुझाब दिएर गाडी पठाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमराज शाहीले जानकारी दिएका छन् ।यता रौतहटमा आइतबार नि’षेधाज्ञा उ’ल्लघन गर्ने १२२ सवारी साधन का’रवाहीमा परेका छन् । आइतबार १४ जना मानिस , ८३ ओटा मोटरसाइकल , ३४ ओटा ट्रक , ३ पिकप र २ स्कारपियो नियन्त्रणमा लिईएको प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले जानकारी दिएका छन् ।

पक्राउ परेका सबै प्रहरीको नियन्त्रणमा रहेको सिडियो घिमिरेले बताए । नि’षेधाज्ञा उ’ल्लघन गर्ने नागरिक र सवारी साधन नियन्त्रणमा लिई रो’ग नियन्त्रण ऐ’न २०२० तथा स्थानीय प्र’शासन ऐ’न २०२८ ब’मोजिम का’रवाही गरिने उनले बताए । आइतबार पनि सवारी चे’कजाचलाइ तिब्रता दिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी शाहीले जानकारी दिएका छन् ।