एक अर्बको लगानीमा कागज उद्योग सञ्चालनमा, १ सय ५० जना स्थानीयलाई रोजगारी दिइने

भरतपुर । पश्चिम सुस्ताको नवलपुरस्थित आरुङ्गखोलामा एक अर्ब रुपैयाँको लगानीमा कागज उद्योग सञ्चालनमा आएको छ । उद्योग निर्माणको २ वर्षपछि अहिले परीक्षण उत्पादन गर्न सुरु गरिसकेको उद्योगका प्रबन्ध निर्देशक राजन पियाले जानकारी दिए ।उद्योगले नेपाली बजारबाट निस्किएका कागजजन्य फोहरबाट पुनः प्रशोधन गरी प्याकेजिङ उत्पादन गर्ने उनको भनाइ छ । दैनिक १ सय २० टन कागज उत्पादन गर्ने गरी उद्योगले उत्पादनको काम सुरु गरेको हो ।जसको लागि १ सय १० टन कागजजन्य फोहर संकलन गर्ने गरेको छ ।

नेपालमा ३ वटा कागज उद्योग रहेपनि तेस्रो मुलुकबाट ७० प्रतिशतभन्दा बढी कागज आयत गर्ने गरिएको बुधबार भरतपुरमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।नवलपुरमा रहेको भृकृटी कागज उद्योग एक दशकदेखि बन्द रहेपनि तत्कालीन अवस्थामा कागज उत्पादन गर्ने जिल्लाको रुपमा परिचित थियो ।नवलपरासीको पहिचान फेरि स्थापित गर्न युवा व्यवसायीहरुको लागानीमा क्वालिटी पेपर ईण्डष्ट्रिज् प्रा.लिले काजग उद्योग सञ्चालनमा ल्याएको हो ।यूरोपियन प्रविधिबाट कारखाना निर्माण गरिएको उद्योगका अध्यक्ष सुकेशकुमार गुप्ताले जानकारी दिए ।

कागजजन्य फोहरलाई पुनःप्रशोधन गरी स्वदेशमा दुई प्रकारका कागज उत्पादन गर्ने लक्ष्य यो उद्योगले लिएको छ ।उद्योगले ३ महिनापछि सेतो कागज पनि उत्पादन गर्ने उनको भनाइ छ । युरोपियन प्रबिधिको प्रयोग गरी उद्योग सञ्चालनमा ल्याइएकाले वातावरण प्रदुषणलाई रोक्ने दावी सञ्चालकको छ ।चार जना युवाहरुले प्रभू बैकको सहकार्यमा १ अर्ब रुपैयाँ लगानीमा उद्योग सञ्चालन गर्न लागेका हुन् । उद्योगले १ सय ५० जना स्थानीयलाई रोजगारी दिने जनाएको छ ।उद्योगले तेश्रो मुलुकबाट आउने कागजको गुणस्तर र मुल्यमा बिक्रि वितरण गर्ने उद्योगका बजार निर्देशक ?पक श्रेष्ठले जानकारी दिएका छन । उद्योग करिब १५ विघामा फैलिएको छ ।