काठमाडौं बाहिरिन र भित्रन दीइने सवारी पास पूर्ण रूपमा ब’न्द

काठमाडौं । कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भएपछि काठमाडौं भित्रिने र बा’हिरिनेका लागि दि’इने पास पूर्ण रूपमा ब’न्द गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पा’स अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा ब’न्द गरेको जानकारी दिएकाे छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले कार्यालयबाट दिँइदै आएको पास पूर्ण रूपमा ब’न्द गरिएको बताउनुभयाे । अब काठमाडौं आउन र काठमाडाैंबाट बाहिरी जिल्ला जान पाइने छैन ।

कोरोना संक्रमण फै’लँदै गएपछि गृह मन्त्रालयले बिहीबारदेखि लागू हुने गरी पास वितरण ब’न्द गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार गरेको थियाे ।स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ रहेको छ भने नि’को हुनेको संख्या १६ हजार ७२८ पुगेको छ । हालसम्म कोरोनाका कारण ९३ जनाले ज्यान गु’माएका छन् ।