उपरथी दर्जामा पदोन्नती भएका पाण्डेलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं – प्रधानसेनापति पूर्णचण्द्र थापाले उपरथी विज्ञानदेव पाण्डेलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।प्रधानसेनापति थापाले जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच आज उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।नेपाल सरकारको साउन २६ गते बसेको मन्त्रीपरिषद बैठकले सहायक रथी पाण्डेलाई उपरथी दर्जामा पदोनन्ती गरेको थियो ।उपरथी दर्जामा पदोन्नती भएका पाण्डेलाई उत्तर पश्चिम पृतना हे.क्वा.को पृतनापतिको जिम्मेवारी दिइएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।