निजी अस्पताललाई २० प्रतिशत श्य’या कोभिड–१९ का लागि राख्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौँ,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले निजी अस्पताललाई पनि २० प्रतिशत श्य’या कोभिड–१९ को व्यवस्थापनका लागि राख्न अ’नुरोध गरेको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडाँ उपत्यकासहित देशभरि नै सङ्क्रमण बढिरहेकाले कोभिड–१९ का बि’रामी राख्न निजी अस्पताललाई २० प्रतिशत श्य’याको व्यवस्थापन गर्न आग्रह गरिएको बताउनुभयो । उहाँले कुनै पनि अस्पतालमा भर्ना भएका बि’रामी कोभिड–१९ को सङ्क्रमण भएपछि ह’ब अस्पतालको संयोजनमा सोही अस्पतालमा राखेर उपचार गर्नुपर्ने बताउनुभयो ।

अहिले काठमाडौँका शुक्रराज ट्रपिकल तथा स’रुवा रो’ग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिभिल अस्पताल, भक्तपुर अस्पताल र कीर्तिपुरस्थित आ’युर्वेदिक अस्पताललाई कोभिड–१९ ह’ब अस्पतालका रुपमा रहेका छन् । नेपालमा अहिलेसम्म २५ हजार ५५१ जना सङ्क्रमित भइसकेका छन् । तीमध्ये १७ हजार ७७ जना नि’को भएर घर फर्किसकेका छन् भने ९९ जनाको मृ’त्यु भइसकेको छ । आज मात्र काठमाडौँ उपत्यकामा ११९ जनामा सङ्क्रमण देखिएको छ । काठमाडौँमा ८३, ललितपुरमा ३० र भक्तपुरमा छ जना छन् ।