आजदेखि काठमाडौं उपत्यकामा यस्ता ग’तिविधि गर्न नि’षेध

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि १५ भदौसम्म भी’डभाड जन्य सबै ग’तिविधि गर्न रो’क लगाइएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले भि’डभाडजन्य सबै ग’तिविधि रो’क लगाउने निर्णय गरेको हो । काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि १५ भदौसम्म भि’डभाड जन्य सबै प्रकारका ग’तिविधि गर्न नि’षेध गरिएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार खुल्ला स्थानमा मानिस भेला र जम्मा हुन पाइने छैन । यस्तै सभा र जु’लुस गर्न, जात्रा महोत्सव संचालन तथा दैनिक नि’त्यपूजा बाहेक सम्पूर्ण धार्मिक ग’तिविधि पनि नि’षेध गरिएको छ । निर्णय अनुसार पूजाआजाका लागि मन्दीरमा भक्तजनहरुलाई नि’षेध हुनेछ ।यसैगरी स्वास्थ्य मा’पदण्ड विपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्यसम्बन्धी ज’मघट लगायतलाई नि’षेध गरिएको छ । यस्तै परिवारका स’दस्यबाहेक आफन्तलाई बोलाएर गरिने जमघटमा पनि रो’क लगाइएको समाचार आजको राजधानी दैनिकमा छ ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी दाहालले संक्रमणको जो’खिम कम गराउँने सन्दर्भमा आ’देश जा’री गरिएको र शुक्रबार रातीबाट नै निर्णय लागू हुने तथा नि’षेधित गतिविधि गर्न नपाइने बताए । उनले निर्माणजन्य गतिविधि, उद्योग तथा व्यापार व्यवसाय भने सुरक्षा सा’वधानी अपनाएर संचालन गर्न पाइने जानकारी दिए ।आदेशानुसार शैक्षिक संस्थाहरू संचालनमा पूर्ण रो’क लगाइएको छ । सबै प्रकारका सभा, गो’ष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, स्पा, स्विमिङ पुल, जि’मखाना, खेलकुद र खेल प्रस्तुति तथा पुस्तकालय तो’किएको अवधिभर संचालनमा गर्न पाइने छैन ।

यस्तै कवाडी संकलन गर्ने, फुटपाथ, खुल्ला ठाउँ , ठेलागाडा र साइकल मार्फत संचालन हुने व्यवसायमा पनि रो’क लगाइएको छ ।यसैगरी उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मा’पदण्ड विपरीत श्रमिकको ओ’सारपसार गर्ने र टेक अ’वेबाहेक रेस्टुरेन्ट संचालनमा पनि प्र’तिबन्ध लगाइएको छ । जसअनुसार होटल तथा रे’ष्टुरेन्टहरुमा गई बसेर खान पाइने छैन । नि’षेध गरिएका कामहरु गरेमा स्थानीय प्रशासन ऐ’न २०२८ अनुसार का’रबाही गरिने जिल्ला प्रसासन कार्यालयद्धारा जा’री आ’देशमा भनिएको छ ।