सरकारी मोटरसाईकल वडा अध्यक्षको घरबाटै चो’री

नवलपरासी : सुनवल नगरपालिका वडा ९ का वडा अध्यक्ष कन्हैया थारुको घरबाट उनी चढने सेतो प्लेटको मोटरसाईकल राति चो’री भएको छ । कार्यालय प्रयोजनको लागि नगरपालिकाले वडा अध्यक्ष थारुलाई दिएको उक्त मोटरसाईकल राति घरको कम्पाउण्डमा राखिएको अवस्थामा चो’री भएको होे ।नगरपालिकाले सबै वडा अध्यक्षहरुलाई कार्यालय प्र’योजको लागि सेता प्लेटको मोटरसाईकल उपलब्ध गराएको छ । वडा अध्यक्ष थारुले पाएको लु १ ब १९२९ नम्बरको होण्डा साईन नामक सरकारी मोटरसाईकल उनको घरबाट राति चो’री भएपछि खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय परासीका एसपी अजय केसीले बताए ।

मोटरसाइकलको ह्या’ण्डिलसमेल ल’क गरिएको थियोे ।मोटरसाइकल सु’रक्षाकै लागि उनी संधै कार्यालयको कामकाज र जनताको सेवा कार्य स’केर घर आई मोटरसाईकल क’म्पाउण्ड भित्रै राख्ने गर्थे । ‘घरको क’म्पाउण्डमा मेरा कार, मेरा व्यक्तिगत मोटरसाईकलसहित विभिन्न सर–सामान भएपनि चो’रले सरकारी मोटरसाइकल नै चो’रेर लगेछ,’ वडाध्यक्ष थारुले अचम्म मान्दै भने, – ‘मोटरसाईकलको खो’जी कार्य भैरहेको छ ।’ बाईक चोरीको घटनाबारे ईलाका प्रहरी कार्यालय सुनवललाई खबर गरिएको थारुले जानकारी दिए ।