ख्याल गर्नुस् है-दुई हजार ज’रिवानामा पर्नुहोला

नेपालगन्ज । बाँकेमा आजदेखि जोर विजोर प्रणाली लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले जनाए अनुसार जिल्लाभर आजदेखि सवारिसाधनमा जाे’रबिजाेर प्रणालि लागू गरिएकाे हाे ।कोरोना जो’खिम बढ्दै जाँदा गत साउन १७ गते मध्यरातदेखि लागू गरिएको नि’षेधाज्ञा गएराति ह’टाइएपछि आजदेखि जोर विजोर प्रणाली लागू गरिएको हो । जोर गतेका दिन जोर नम्बर र वि’जोर गतेका दिन विजोर नम्बरका सवारी साधन मात्र चलाउन पाइने प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

यस वि’परित सवारी चलाएमा दुई हजार ज’रिवाना गरिनेछ । आज ३१ गते विजोर नम्बरका गाडी मात्र चलाउन पाइनेछ ।बाँकेका प्रजिअ कुरूम्वाङका अनुसार आज जिल्लामा नम्बर प्लेटकाे अन्तिममा १, ३, ५, ७ र ९ नम्बर रहेका सवारिसाधन मात्र संचालन गर्न पाईने छ ।