सिन्धुपाल्चोकमा भदौ १ गतेबाट फेरि लकडाउन

चौतारा ।को’भिड १९ (कोरोना) भाइरस संक्रमण फैलन नदिनका लागि सिन्धुपाल्चोकमा भदौ १ गतेबाट फेरि ल’कडाउन हुने भएको छ । आज बसेको जिल्ला को’भिड १९ संकट व्यवस्थापन समिति को वैठकले एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनुका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मा’पदण्डलाई क’डाईका साथ लागू गराइने निर्णय भएको छ ।यो सँगै भदौ १ देखि कुनै पनि व्यक्ति अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन पाउने छैनन् ।

त्यस्तै, सार्वजनिक सवारी साधन ब’न्द हुने छ । सु’रक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँ’डडुल गर्न पाउनेछन् ।होटल तथा रे’ष्टुरेन्ट, विद्यालय, सभा, गोष्ठी, तालिम सेमिनार, प्र’दर्शन, शै’लुन, खेलकुद गतिविधि सञ्चालन गर्न पाइने छैन ।लकडाउनको समयमा सबे नागरिक सामाजिक दुरी कायम गर्दै घर भित्रै बसिदिन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनुरोध गरेका छन् । अत्यावश्यक परेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएपछि मात्रै सवारी चलाउन पाइने प्रजिअ ढकालले जानकारी दिए ।

त्यस्तै बैंक, गैर सरकारी कार्यालय आवश्यक सेवा प्रदान गर्न दिनको ११ देखि २ बजेसम्म सञ्चालन गर्न दिइनेसमेत निर्णय भएको छ ।जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का संक्रमित देखिएको र जिल्लामा संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्र’भावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको हो ।