ब्राभाले बनाए टी-ट्‌वान्टी क्रिकेटमा सबैभन्दा बढी विकेट लिने कीर्तिमान

एजेन्सी । वेस्ट इन्डिज क्रिकेटर ड्वाने ब्राभाले टी–ट्‌वान्टी क्रिकेटमा सबै भन्दा बढी विकेट लिने कीर्तिमान बनाएका छन् । उनले टी–ट्‌वान्टी क्रिकेटमा पाँच सय विकेट लिने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् ।क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा ट्रिनबागो नाइट राइडर्सबाट खेलेका उनले सेन्ट लुसिया जुक्सका ब्याट्सम्यान रहकिम कार्नवाललाई पेभिलियन फर्काउँदै कीर्तिमान कायम गरेका हुन् ।हालसम्म उनले सबै खाले ४५९ टी–ट्‌वान्टी खेल खेलेका छन् ।

उनी आईपीएलका दुई सिजनमा पनि सर्वाधिक विकेट लिने बलरको शीर्ष स्थानमा थिए ।बंगलादेश प्रिमियर लिग, बिग ब्यास र च्याम्पियन्स लिग टी(ट्‌वान्टी क्रिकेटमा विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहेका ब्रोभो सीपीएलको दुई सिजनमा पनि सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए ।