एजेन्सी । केही साताअघि मात्रै फोक्सोको क्या’न्सर पत्ता लागेका अभिनेता सञ्‍जय दत्त आगामी चरणको उपचारका लागि अमेरिका जाने तयारीमा छन् ।यही सन्दर्भमा सञ्‍जयलाई पाँचवर्षे अमेरिकी भिसा प्र’दान गरिएको छ । उनको प्रारम्भिक उपचार मुम्बईको कोकिलाबेन अस्पतालमा भइरहेको छ ।श्वा’सप्रश्वासमा स’मस्या देखिएपछि उनलाई दुई दिनसम्म लीलावती अस्पताल भर्ना गराइएको थियो । कोरोना संक्रमणका कारण समस्या उत्पन्‍न भएको आशंकामा परीक्षण पनि गरियो । तर उनको कोरोना रिपोर्ट नेगेटिभ आएपछि थप परीक्षणमा उनमा क्या’न्सर भएको पत्ता लागेको हो ।

अहिले म’हामारी फै’लिएका कारण भारतमै उपचार गराउने र स्थिति सामान्य भएसँगै अमेरिकाका लागि उ’ड्ने दत्त परिवारको योजना भएको उनकी पत्‍नी मान्यताले सामाजिक सञ्जालमार्फत जनाएकी छन् । उनी फोक्सोको क्या’न्सरको तेस्रो चरणमा भएको पनि भारतीय मिडियाले जनाएका छन् ।सञ्‍जयको पछिल्लो चलचित्र ‘सडक २’ अनलाइन रिलिजको तयारीमा छ । उनको अर्को चलचित्र ‘के’जीएफ २’ छायांकनमै छ । केजीएफ २ मा सञ्‍जयको विशेष भूमिका भएका कारण पनि त्यसको छायांकनपछि मात्रै उनी उपचारका लागि अमेरिका जाने तयारी छ ।