काठमान्डौ उपत्यकामा थपिए ४१५ जना कोरोना संक्रमित !

काठमान्डौ , काठमान्डौ उपत्यकामा आज थप ४१५ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका प्रबक प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमान्डौ, ललितापिर र भक्तपुरमा गरि थप ४१५ जना कोरोना संक्रमित थपिएका हुन् ।प्रबक्ता गौतमका अनुसार काठमान्डौमा ३५० जना , भक्तपुरमा ५४ जना र ललितपुरमा ११ जना कोरोना संक्रमित थपिएका छन् ।त्यस्तै नेपालमा कोरोना संक्रमितको संख्या बढी रहेको छ ।स्वास्थ्य मन्त्रालय श्रोतले दिएको जानकारी अनुसार आज पनि थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा आज थप ९२७ जनामा कोरोना पुष्टि भएको हो ।आज थपिएका कोरोना संक्रमित सहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । पछिल्लो समय काठमाडौं उपत्यकाका लगायतमा मुख्य सहरहरुलाई कोरोना संक्रमण बढ्दो क्रममा छ । बिहीबार मात्रै राजधानी समेत रहेको काठमाडौं उपत्यकाका ३७७ जनामा कोरोना संक्रमण देखिएको थियो । यस अघी हिजो बिहीबार ११११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।जुन संख्या अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित संख्या हो ।