काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच मन मिलिसकेको र अब कुनैपनि किसिमको असमझदारी नरहेको स्पष्ट पारेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,’प्रचण्ड र मेरो मन मिलिसक्यो । अब असमझदारी छैन् । मनमनै हात मिलाउनु भन्नुहुन्छ भने त्यो सम्भव छ । तर, कोरोनाका कारणले हात मिलाउन मिल्दैन् ।’

उनले आफूलाई प्रचण्डबाट मुख्य रुपमा सहयोग नै भएको पनि स्पष्ट पारे । उनले भने,”यो बीचमा केही अन्तरविरोध भएका बेला विरोधका पक्ष जगजाहेर छ । त्यो पनि सहयोग नै थियो भन्नु उचित हुँद्यैन् । तर, समग्रमा उहाँबाट मैले असहयोग पाएको छैन् ।सहयोग पाएको छु । अब झन पारस्परिक सहयोग हुन्छ ।”उनले आफूहरुबीच भागबण्डाको सहमति नभएको पनि जिकिर गरे । उनले भने,”भागबण्डाको प्रश्नै छैन् । हामी भागबण्डाको लागि राजनीति गरिरहेका छैनौं । आज दशेको आवश्यकत्तालाई हृदयांगम गरिएको हो ।

पछि हुँदै जाने कुरालाई भागण्बडा भन्नु भएन । घाम जुन रहिन्जेलसम्म प्रधानमन्त्री भैरहने, वा राष्ट्रपति भैरहने होईन । यी सबै आवधिक हुन् ।”उनले आफूले मुख्य रुपमा सरकार र अर्का अध्यक्ष प्रचण्डले पार्टी मुख्य रुपमा सञ्चालन गर्ने सहमति भएको जनाए ।उनले भने, प्रचण्ड (उहाँले) पार्टीको सञ्चालनमा आफूलाई मुख्य रुप्मा केन्द्रित गर्नुहुने । कार्यकारी अधिकारसहित उहाँले काम गर्नुहुनेछ । त्यसमा हामीले मंसिर ४ मा समझदारी गरिसकको छौं । बिचमा केही तलमाथि पर्लाजस्तो स्थिति भयो । त्यसकारण त्यसबाट तलमाथि हुनु परेको छैन् ।

प्रम म हुँ । पार्टी पनि समझदारीका साथ चल्छ । सरकारपनि समझदारीका साथ चल्छ । पार्टीमा दुई अध्यक्ष छौं । सरकारमा प्रमको हैसियतले । त्यसको अर्थ सरकार मैले एकलौटी ढंगले मनपरी गर्ने होईन । जनताको अधिकारसमेत पठाएर प्रम निर्वाचित भएको छ । प्रमले आफ्नो सहयोगी मन्त्रिपरिषद बनाउँछ । यसले देश सञ्चालन गर्छ । अध्यक्षको हैसियतमा उहाँले सरकार सञ्चालनको विषयमा रुचि राख्नुहुन्छ । नीति र निर्णयमा । मुख्य रुपमा उहाँले पार्टी सञ्चालन गर्नुहुन्छ ।” भिडियो यहाँ छ