काठमाडौं, एटिएम प्रयोगमा शुल्क लिन नपाउने निर्देशनले बैंकहरुले अ’सन्तुष्टि जनाएका छन्। यस निर्देशनले भोलिका दिनमा ग्राहकले एटिएम सेवा नै नपाउने अवस्था आउँन सक्ने बैंकरहरुले चे’तावनी दिएका छन्। अन्तर बैंकिङ्ग एटिएम प्रयोगमा शुल्क लिन नपाउने निर्देशनले करोडौं घा’टा लागेकाले बैंकहरुले सेवाका नाममा घाटाको ब्यापार गर्न नसक्ने बैंकरहरुको भनाई छ। एउटा एटिएम मेसिन संचालनमा मासिक न्युनतम ७० हजार लाग्ने भएकाले यो निर्देशनले भविष्यमा एटिएम सुविधा ब’न्द नै हुने अवस्था आउँने उनीहरुको भनाई छ।

इन्टरनेट, मासिक मर्मत खर्च, घर भाडा, मेसिनमा पैसा राख्दा त्यसबाट गु’माउनुपर्ने ब्याज, सु’रक्षाकर्मीको तलब सुविधा, बिजुली बत्ति लगायतका खर्च जो’ड्दा एउटा मेसिन संचालनमा बार्षिक १० लाख खर्च हुने बैंकरहरुको भनाई छ। अन्तर बैंकिङ्ग एटिएम प्रयोगबाट उठ्ने शुल्क लिन नपाउने व्यवस्थाले बैंकहरुलाई खर्च व्यवस्थापनमा अ’प्ठ्यारो परेको बिकास बैंकहरुको छाता सं’गठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष तथा गरिमा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकालले बताए ।गरीमाले हाल ५३ वटा एटीएम मेसिनबाट ग्राहकलाई सेवा दिइरहेको छ।

एटिएम संचालनमा मासिक औषत ३५ लाख लाग्ने गरेको सीईओ ढकाल बताउँछन। गरीमाले एटीएम सञ्चालनका लागि मात्र बर्षमा ४ करोड २० लाख खर्च गर्ने गरेको छ। नेपाल भर २०७७ असार मसान्तसम्म ४ हजार १०६ एटिए मेसिन संचालनमा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। एउटा मेसिन संचालनमा १० को दरले बार्षिक ४ अर्ब १० करोड लाग्ने देखिन्छ। बिगतमा अन्तर बैंकिङ्ग एटिएम प्रयोगमा शुल्क लिन पाइने हुँदा लागतमा केहि राहत भएको तर अहिले त्यो पनि नभएकोले बैंकहरुको अ’सन्तुष्टि बढेको हो।

यसअघि अन्तर बैंकिङ्ग एटीएम प्रयोगबापत मासिक २० हजार आम्दानी हुने गरेको थियो। यो सेवा बापत प्रत्येक कारोबारमा १५ रुपैयाँ आम्दानी हुन्थ्यो। जसबाट जुन बैंकको एटीएम कार्ड हो उसले ५ देखि ७ रुपैयाँ पाउँथ्यो। काठमाडौंको ठमेल, पोखराको लेकसाईड जस्ता ठाउँमा भने विदेशि पर्यटकले सम्बन्धित देशको बैंकले उपलब्ध गराएको कार्ड प्रयोग गर्दा त्यसबाट केहि आम्दानी हुने भएपनि समग्रहमा आय न्युन नै रहेको बैंकरहरुको भनाई छ। एटिएम सेवाबाट हिजो लिंदै आएको शुल्कले ३ महिनाको खर्च धानेपनि बानकी ९ महिनाको खर्च लगानी नै भएको उनीहरुको भनाई छ।