‘एक था टाइगर’ मा पहिलो रोजाईमा थिए शाहरुख, यसकारण छोडेका थिए फिल्म

काठमाडौँ – बलिउडका चर्चित अभिनेता हुने सलमान खान । हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेका सलमानका धेरै फिल्महरु हिट भएका छन् । यस्तै सन् २०१२ मा रिलिज भएको उनको फिल्म ‘एक था टाइगर’ दर्शकले निकै रुचाएका थिए । यस फिल्मले बक्सअफिसमा पनि राम्रो कमाई गरेको थियो । यस फिल्मको ५ बर्षपछि यसैको सिक्वेल ‘टाइगर जिन्दा हे’ रिलिज भयो । यस फिल्ममा पनि सलमान र कट्रिना कैफको अभिनयलाई दर्शकले धेरै नै रुचाए । भनिन्छ, फिल्म एक था टाइगर मा पहिले अभिनेता शाहरुख खान खेल्ने चर्चा थियो ।

भारतिय मिडियाका अनुसार फिल्म निर्माण कम्पनी यसराज फिल्म्सको पहिलो रोजाई नै शाहरुख थिए । शाहरुखले यस फिल्ममा नभ्याउने भएपछि सलमानले गरेका थिए । यस फिल्मको लागी शाहरुखले नखेल्नै भएपछि उनले नै सलमानको नाम सिफारिस गरेका थिए । पछि यस फिल्मले बक्सअफिसमा धमाका नै मच्चायो । शाहरुखले भने फिल्म छोडेर आफुलाई पछुतो नभएको बताए ।