अर्थमन्त्री खतिवडाले दिए राजीनामा

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकका क्रममा खतिवडाले प्रधानमन्त्री समक्ष राजीनामा दिने भएका हुन् ।सरकारले राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने भएपछि खतिवडाले राजीनामा दिने घोषणा हुन् ।श्रोतका अनुसार अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले शुक्रबार (आज) साँझ नै राजीनामा दिने घोषणा गरेका छन् ।प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा मन्त्री खतिवडाले आज नै राजीनामा दिने बुझिएको छ ।

विहीबार (हिजो) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा रिक्त रहेको एक सिटमा पठाउने निर्णय गरेको थियो । गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएसँगै डा. खतिवडाले अर्थमन्त्री पद शनिबारदेखि सकिदै थियो ।६ महिना अघि फागुन २१ गते अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका खतिवडाले ओलीलाई बिहीवार नै राजिनामा दिन्छु भनेको स्रोतले बताएको छ ।