नेपालमा आज थप १०४१ जनामा कोरोना पुष्टि

२० भाद्र २०७७, शनिबार काठमाडौं , नेपालमा आज थप १०४१ जनामा कोरोना पुष्टि भएको छ ।देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।देशमा हालसम्म कुल संख्या संख्या ४५ हजार २७७ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ । यसै गरि पछिलो २४ घन्टामा कोरोनालाई जितेर १५६६ जना घर फर्किएका छन् ।योसँगै कुल डिस्चार्ज हुनेको संख्या २७ हजार १२७ पुगेको छ। यो कुल संक्रमितको ६० प्रतिशत हो।

त्यस्तै काठमान्डौ उपत्यकामा ४०८ जनामा कोरोना पुष्टि भएको छ । काठमान्डौमा ३२६ , ललितपुरमा ३७ र भक्तपुरमा ४५ गरि ४०८ जनामा कोरोना पुष्टि भएको हो । यसै गरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ९ जनाको ज्यान गएको छ ।योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २८० पुगेको छ।