नि’र्मलालाई न्याय कसले र कसरी

बिनोद राज सुवेदी, नि’र्म’ला प’न्त यो नाम नसुन्ने नेपालमा सक्भर कोहि हुनुहुन्न। नेपालमा कुनै गरिब, अ’सहायलाई न्याय पाउन कति गाह्रो छ भन्ने प्रतीक हो यो नाम। यो नाम कुनै ब्यक्तिले राखे तर यसको परिभाषा भने नेपालको का’नूनी प्रशासन र कथित सभ्य समाजले दिएको छ। बिगत दुई बर्षदेखि नि’र्मलालाई न्या’यको स्वर निरन्तररूपमा उठेको छ। आज सामाजिक सञ्जालमा फेरिपनि यो आवाज सुनिन्छ। नि’र्मलालाई न्याय माग्नु अघि हामीले उनको दोषी चिन्न जरुरी छ। निर्मलाको दो’षी उसलाई यस्तो घृणित काम गर्ने ब्यक्तिमात्र हैन, नेपालको कानून र समाज पनि हो।

हामीले यो कुरा बुजेर अब प्रा’यस्चित गर्नुपर्छ। हो नि’र्मलाको दो’षीलाई ह’दैसम्मको स’जाय दिए, नि’र्मलालाई न्या’य हुन्छ। यो कुरामा सबैले सकेसम्म द’बाब दिईरहेका छौँ। तर के निर्मलाको दो’षीलाई स’जाय दिएरमात्र उसलाई न्याय हुन्छ त ? के भोलि कोहि अन्य दिदिबहिनीलाई निर्मला बन्नबाट रो’क्नु पनि नि’र्मलालाई न्याय हैन ? के ब’लात्कार जस्तो ज’घन्य अ’पराधलाई जरैदेखि ह’टाउनु पनि नि’र्मलालाई न्याय हैन ? नि’र्मलाको दो’षीलाई प’क्रने का’नूनी प्रशासनको काम हो यसमा हामीले दिनसक्ने द’बाब मात्र हो। तर ब’लात्कार जरैदेखि हटाउन भने का’नूनसङै हामीले पनि धेरै ठुलो भुमिका खेल्न सक्छौ।

यो विषयमा माइतीघर मन्डला र फेस्बुकमा भएको आ’क्रोश ठिक छ तर पर्याप्त छैन। दुई बर्ष अगाडि जब नि’र्मलाको के’स आएको थियो तबपनि आक्रोश यतिकै थियो तर ब’लात्कारको घ’टना भने कम भएन। नेपालमा गएको बर्षमात्र १६-१७ सय ब’लात्कारको घ’टना रिपोर्ट भएको थियो। अझ धेरै त बाहिर आउन पनि सक्दैन। विश्वमा ब’लात्कारको तथ्यांक हेर्ने हो भने ९० प्रतिशत घ’टना बाहिर आउन सक्दैन। यो तथ्यांक नेपालमा पनि धेरै ह’दसम्म लागू हुन्छ। बाहिर देखिएको भन्दा भित्र यो अ’पराध कयौं गु’णा डरलाग्दो छ।यस्ता घटनालाई कम गर्न हाम्रो यो आक्रोश नेपालको का’नूनमा झल्काउनुपर्छ।

ब’लात्कारको ’घटनामा दो’षीलाई अझै क’ठोरभन्दा क’ठोर का’नून बनाउने र नि’र्मलाको जस्तो के’समा ब’लात्कारीलाई फा’सी हुनुपर्छ। यो सङै नेपालको का’नूनी प्रशासन जस्तै नेपाल पुलिस, सि’आईबीको यस्तो घ’टनाको जाँ’चमा निकै सुधार आउनु आवश्यक छ। वहाँहरुले घ’टनाको छिटोभन्दा छिटो छा’नबिन गर्ने, पीडितको पहिचान गो’प्य राख्ने र कसैको दबाबमा नपरी आफ्नो काम इ’मानदारीपुर्बक गर्नुपर्छ। अगाडिका कुराहरु लागू गर्न हामीले सम्बन्धित ब्यक्तिलाई अहिले जस्तै द’बाब दिईराख्न ज’रुरी छ। नेपालमा अहिलेपनि कति मान्छेलाई महिला हिं’सा र ब’लात्कारका वि’रुद्ध भएको का’नून थाहा छैन।

तेस्ता मन्छेलाई हामीले का’नूनको ज्ञान दिनुपर्छ। योसंगै हामीले समाजको सोच पनि परिवर्तन गर्न जरुरी छ। समाजलाई हेर्दा एउटा कुरो मलाई अचम्म लाग्छ। समाजले छोराहरुलाई धेरै छुट दिदा छोरीहरुलाई भने धेरै रोक लगाउछ। अनि जब तिनै छोराबाट छोरीहरु सिकार हुन्छन् तब पनि दोष छोरीलाई नै लगाउन खोजिन्छ। छोराको नियतभन्दा बढी छोरीको चरित्र र इज्जत माथी प्रश्न उठ्छ। यो कुरालाई समाजबाट ह’टाउन हामीले विभिन्न जागरुक्ताका कार्यक्रम गर्न सकिन्छ। यस्ता कार्यक्रम गर्न युवा जोश लागेनै समाजमा आ’मूल परिवर्तन ल्याउन सकिन्छ।

युवासङै समाजका पढेलेखेका अन्य ब्यक्ती लागे ब’लात्कार जस्ता अपराधलाई जरैदेखि ह’टाउन सकिन्छ। भविस्यमा यस्ता घ’टना कम गराउन हामीले अन्य बोल्ड निर्णय लिन आवश्यक छ। सर्वप्रथम हामी छोराहरु सुरुमा राम्रो बन्नुपर्छ। हामीले कुनै महिलाप्रती दु’र्व्यवहार गर्न त भएन नै कहिकतै यस्तो भएको देखे त्यसलाई रो’क्नुपर्छ। भोलि बलात्कार गर्ने छ्यमता भएको ब्यक्तिले आज कहि न कहि, कुनै न कुनै रूपमा संकेत दिइरहेको हुन्छ। हामीले त्यो बुजेर तेस्ता ब्यक्तीलाई सम्झाउने, हप्काउने र परे तह लगाउन पछी पर्नु हुदैन। समाजमा यस्ता घ’टना हुने, ब्यक्तिको यौन चाहनाले पनि हो।

त्यसलाई नियन्त्रण गर्न नेपालमा वे’श्यालय कनूनी रूपमा संचालित हुन जरुरी छ। यसले केही हदसम्म यस्ता घ’टना रो’क्न भूमिका खेल्छ। यो सङै बिद्यालयमा यौन शिक्षाको बारेमा पढाई हुनु आवश्यक छ। अठार बर्ष का’टेका विद्यार्थीलाई यौनको बारेमा सचेत बनाई त्यसका न’कारात्मक सोचबाट टाढा राख्नुपर्छ। परिवार, समाज र बिद्यालयले ब्यक्तिको सोचमा ठुलो प्रभाव पार्छ। महिला हिंसा र ब’लात्कार ह’टाउन इनिहरुबाट ठुलो बहससङै उधार विचारको बिकास हुन आबश्यक छ। अगाडिका उपायसङै हामीले दिदीबहिनीलाई यस्तो घ’टनाबाट बचाउन आ’त्म-रक्षाको सीप सिकाउन सकिन्छ।

५-१० बर्षको बालबालिकालाई गू’ड् टच् , ब्या’ड टच् का बारेमा ज्ञान दिने, १० देखि बढी उमेरका छोरीहरुलाई क’रातेँ, तेक्’वान्दोका आत्म रक्षाको लागि चाहिने सीप सिकाउन सकिन्छ। नि’र्मला घ’टनामा हामी जनताले दिनसक्ने भनेको द’बाब मात्र हो। तर अन्य हजारौं नि’र्मलालाई बचाउनु हाम्रो जि’म्मेवारी हो र त्यसरी नै हामीले नि’र्मलालाई न्या’य दिनसक्छौ। यी परिवर्तन कुनै एकलैको पहलले नभई सबै मिले मात्र सम्भव छ। यसको सुरुवात जनस्तरमा ठुलो ब’हसबाट हुन सक्छ। हामीले यी उपायहरु लागू गर्न सके कोहि अन्य दिदीबहिनी निर्मला बन्न पर्दैन। बिनोद राज सुवेदी ( नेपाल ल क्याम्पसमा कानून अध्यनरत विद्यार्थी हुन )