भोलिदेखि बिहीबारसम्म बैंकका यी शाखा खुला गर्न निर्देशन

काठमाडौं, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सम्पूर्ण राजश्व संकलन गर्ने शाखा र का’उन्टर खो’ल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले भदौ २३ गते, २४ गते र २५ गते राजश्व का’रोबार गर्ने सम्पूर्ण शाखा र एक्सटेन्सन का’उन्टर खुला राख्न निर्देशन दिएको हो ।त्यस्तै राष्ट्र बैंकले नेपाल क्लियारिंग हाउस पनि खुला राख्न नि’र्देशन दिएको छ । राजश्व दाखिला गर्ने समय भएकोले राष्ट्र बैंकले यस्तो नि’र्देशन दिएको हो ।सरकारले भदौ २५ सम्म राजश्व ति’रिसक्न क’रदाताहरुलाई भनेको छ ।

राजश्व उठाउने म्या’द २५ गतेसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ । ‘सिमित शाखामात्रै खोल्दा भी’ड अत्यधिक हुन्छ, सहज तरिकाले राजश्व ति’र्ने वातावरण बनाउनका लागि यो निर्देशन जा’री गरिएको हो’ बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले भने ।अहिले बैंकले एकदमै कम सिमित शाखा कार्यालयहरुमात्रै खोलेर सेवा दिइरहेका छन् ।