चितवनका प्र’योगशालामै एकै व्यक्तिको पिसिआर रिपोर्ट फरक–फरक

चितवन ,कोरोना संक्रमण भए नभएको यकिन गर्न गरिने आरटी पि’सिआर परीक्षणमा एकै व्यक्तिको फरक फरक रिपोर्ट आउने क्रम बढेको छ । चितवनका एक जना व्यक्तिको तीन स्थानमा फरक फरक रिपोर्ट आएको छ । बीपी कोईराला मेमोरियल क्या’न्सर अस्पतालका एक चिकित्सकको पिसिआर परीक्षण गर्दा तीन अस्पतालमा फरक फरक रिपोर्ट आएको हो । क्या’न्सर अस्पताल, भरतपुर कोभिड–१९ प्रयोगशाला र केन्द्रीय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा फरक फरक रिपोर्ट आएको हो ।

क्या’न्सर अस्पतालमा सञ्चालनमा रहेको कोभिड–१९ प्रयोगशालाको रिपोर्ट क्र’स चे’क गर्दा क्या’न्सर अस्पतालमा नेगेटिभ, भरतपुर अस्पतालमा पोजिटिभ र केन्द्रीय प्रयोगशाला टेकुमा नेगेटिभ आएको थियो । यसरी एउटै न’मुनाको फरक फरक नतिजा आउँदा क्या’न्सर अस्पताललाई पोजिटिभ रिपोर्ट सार्वजनिक गर्न स’मस्या भएको छ । ‘प्रयोगशाला सञ्चालन भएको १० दिन भइसकेको छ । अझै हामीले पोजिटिभ रिपोर्ट सार्वजनिक गरेका छैनौँ ।’ क्या’न्सर अस्पतालका उपनिर्देशक डा.कृष्णसागर शर्माले भन्नुभयो, ‘फेरी क्र’स चे’कका लागि १५ जनाको नमुना केन्द्रीय प्रयोगशालामा पठाएका छौँ ।’

क्या’न्सर अस्पताल र केन्द्रीय प्रयोगशालामा एउटै रिपोर्ट आएपछि बल्ल रिपोर्ट सार्वजनिक गर्ने तयारी गरिएको छ । बीपी कोइराला मे’मोरियल क्या’न्सर अस्पतालले भदौ २१ देखि पिसिआर परीक्षण सुरु गरेको हो । प्रयोगशालाको क्र’स चे’क गर्न अस्पतालले भदौ २३ गते भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षण गरिएका १० वटा नमुना पठाएको थियो । तर, क्यान्सर अस्पतालमा नेगेटिभ रिपोर्ट आएका चिकित्सकको २५ गते पोजिटिभ देखियो । प्र’योगशालाको आधिकारीकता दिनका लागि क्यान्सर अस्पतालले उनको स्वाब फेरी केन्द्रिय परिक्षण प्रयोगशाला टेकुमा पठायो ।

तर, टेकुबाट २८ गते आएको रिपोर्ट भने, नेगेटिभ नै आएको उपनिर्देशक डा.शर्माले जानकारी दिनुभयो । अहिलेसम्म क्या’न्सर अस्पतालले नेगेटिभको मात्र रिपोर्ट सार्वजनिक गर्ने गरेको छ । पोजिटिभ देखिएका बि’रामीले पुनः परीक्षण गर्ने गरेका छन् । १० दिनको अ’वधिमा ८ सय भन्दा बढिको परीक्षण गरिएको छ । किट, मेसिन, तथा स्वाब झि’क्दा ध्यान नदिँदा पनि रिपोर्ट फरक फरक आउने गरेको अस्पतालका कार्यकारी निर्देशक डा.देज गौतमले बताउनुभयो । प्रयोगशालाले रिपोर्ट सार्वजनिक गर्नका लागि काठमाण्डौँ पठाईएका स्वाबको नतिजाका कुर्नुपर्ने छ ।

मेशिनमा त्रु’टी देखिएमा तुरुन्तै मर्मत गरि सञ्चालन गरिने डा. गौतमले बताउनुभयो । क्या’न्सर अस्पतालले बि’रामी र स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै गएपछि आफ्नै प्र’योगशाला सञ्चालनमा ल्याएको हो । अहिलेसम्म क्या’न्सर अस्पतालका ५१ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।कालिका न्युज