दशैंँको टिकट बुकिङ असोज १५ देखि खुल्ने, भाडा… !

काठमाडौं । दशैंँमा घर जानेले असोज १५ देखि टिकट लिन पाउने भएका छन् । यातायात व्यवस्था विभागले असोज १५ देखि दशैँ विशेष लामो दुरीका गाडीको अग्रिम टिकट बु’किङ खुला गर्ने तयारी गरेको हो ।विभागका महानिर्देशक गो’गन हमालले दसैँलाई लक्षित गरी १५ असोजबाट टि’कट बिक्री वितरण खु’ला गर्ने तयारी भइरहेको बताएका हुन् । टिकट बसपार्कमा भन्दा अनलाईनबाटै का’ट्न मिल्ने गरी व्यवस्था गर्न लागिएको उनले बताएका छन् ।तर भाडादर भने दो’ब्बर हुने भएको छ ।

धेरै यात्रुको चाप हुने भएकाले गाडी भाडा ५० प्रतिशतले ब’ढाउने तयारी भइरहेको छ । कोरोना भाइरसको संक्रमणबाट जो’गिन र जो’गाउनका लागि एक सीटमा एक जना मात्रै यात्रु राख्ने गरी दो’ब्बर भाडा ब’ढाउन लागिएको हमालले बताए ।हरेक बर्ष दशैंँका लागि २५ लाख मानिसले काठमाडौं छा’ड्ने गरेका छन् । तर यस बर्ष धेरै जना पहिले नै गाउँ गएकाले आधा मात्रै काठमाडौँबाट बाहिर जाने सम्भावना छ ।