हिमाल चढ्न नेपाल आइपुगे बहराइनका राजकुमार

काठमाडौं। बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली हिमाल आ’रोहणका लागि बुधबार नेपाल आएको छ। उनीहरू चढेको विमान बुधबार बिहान सवा ११ बजेतिर त्रिभुवन विमानस्थलमा अ’वतरण गरेको छ। टोलीमा १५ जना बहराइनका र ३ जना बेलायती रहेका छन्। राजकुमार नासिरले लोबुचे र मनास्लु हिमाल आ’रोहण गर्नेछन्। कोरोना महामारीका कारण रोकिएको हिमाल आ’रोहण राजकुमार नासिरका लागि खोलिएको हो। सरकारले राजकुमार नासिरलाई हिमाल आरोहणका लागि अनुमति दिने निर्णय यसअघि नै गरेको थियो।

पर्यटन विभागका अनुसार टोलीका सदस्य बहरानको सै’निकसँग आ’बद्ध छन्। राजकुमार आफैं पनि बहराइन सै’निक (ब’हराइन गा’र्ड) का क’मान्डर हुन्। राजकुमार नासिरको यो नेपाल भ्रमण निजी भ्रमण भएकाले कुनै औपचारिक भेटवार्ताको कार्यक्रम भने नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रका प्रवक्ता भरतराज पौडेलले राजकुमार भ्रमण निजी भएकाले नेपाल सरकारको तर्फबाट त्यस्तो कुनै औपचारिक कार्यक्रम तय नगरिएको बताए।