Breaking: नेपालमा आज पनि थपिए १५३९ जना कोरोना संक्रमित

काठमान्डौ , नेपालमा पछिल्लो २४ घन्टामा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमका अनुसार १०४९४ जनामा गरिएको पीसीआर परिक्षणमा १५३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या एकैदिनमा कोरोना संक्रमित भेटिएको अहिलेसम्मकै सबैभन्दा बढी हो ।यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५८ हजार ३२७ पुगेको छ। मन्त्रालयका प्रबक्ता गौतमका अनुसार आज देशमा सक्रिय संक्रमितको संख्या १६२४२ रहेको छ ।

पछिलो २४ घन्टामा १०६८ जना डिस्चार्ज भएका छन् । कुल संक्रमितमध्ये निको हुनेको दर ७१‍‍ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै पछिलो २४ घन्टामा कोरोना संक्रमणबाट ८ जनाको ज्यान गएको छ । यो सहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ ।