प्याजको मूल्य घ’ट्याे

काठमाडाैं । बजार अ’नुगमन हुन थालेपछि प्याजको मूल्य घटेको छ । बुधबार प्रतिकेजी औसतमा ४४ रूपैयाँले बढेको प्याजको मूल्य बिहीबार औसतमा ९ रूपैयाँले घ’टेको हो ।बुधबार कालिमाटी थो’क बजारमा प्रतिकेजी औ’सतमा ११९ रूपैयाँमा का’रोबार भएको प्याज बिहीबार ११० रूपैयाँमा झ’रेको छ । मंगलबारकाे तु’लनामा बुधबार प्याजकाे थाेक मूल्य प्रतिकेजी ५८.६७ प्रतिशतले ब’ढेको थियाे । मंगलबार प्याजको मूल्य प्रतिकेजी थोकमा १५ रुपैयाँले बढेर ७५ रुपैयाँमा बिक्रीवितरण भएको थियो ।

प्याजको मूल्य आकाशिएपछि बुधबार काठमाडौं महानगरपालिकाले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा बल्खु तरकारी बजारभित्रका २ पसल चुली सगरमाथा इन्टरप्राईजेज र एसके सप्लायर्सले प्याजमा दोब्बर मूल्य अ’सुलेको भेटिएपछि त्यसका संचालकलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले हि’रासतमा लिएको थियो ।प्याजको मूल्यमा अ’स्वाभाविक वृ’द्धि देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा अ’नुगमन गरी बिलबिजकसहित ३ दिनभित्र उपस्थित हुन ६ व्यवसायीलाई नि’र्देशन दिएको थियो ।

भारतबाट प्याज आउन रो’किएपछि प्याजको अ’भाव तथा मूल्य आ’कासिनेसहित का’लोबजारी पनि ब’ढ्न थालेको छ । नेपालमा खपत हुने करिब ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ ।भारतले आन्तरिक माग धान्न र आ’कासिएको मूल्य नियन्त्रण गर्न प्याज नि’र्यातमा रो’क लगाएको छ।