यसकारण विद्युत प्राधिकरणमा कुलमान नै दोहोरिने सम्भावना जी’वतै

१ आश्विन २०७७, बिहीबार काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा को नियुक्त हुने भन्ने विषयले अहिले सडक तथा सामाजिक सञ्जाल भरिएका छन् । कार्यकाल सकिएर बि’दा भएका कुलमान घिसिङ नै दो’होरिने संकेत ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले दिएको छ ।बिहीबार उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन अनन्तका स्वकीय सचिव दुर्गा चापागाईंले यस विषयमा सामाजिक सञ्जालमा लेख्दै प्राधिकरणमा कुलमान नै दोहोरिने सम्भावना जी’वत नै रहेको बताउनुभएको छ ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीका स्वकिय सचिव चापागाईंका अनुसार मन्त्रालयको तर्फबाट प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्को कार्यालयमा द’र्ता भइसकेको छ । यसबारे मन्त्री वर्षमान पुनले घिसिङ नै दो’होरिने सम्भावना जी’वितै रहेको बताउनुभएको छ ।घिसिङलाई निरन्तरता दिनका लागि प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प’रामर्श गरेर मन्त्री पुनले गत आईतबार नै प्रस्ताव अगाडि बढाइसकेको उहाँको भनाइ छ ।‘उहाँहरु दुवैजनासँग स’ल्लाहा गरेर आईतबार नै मन्त्रालयले निरन्तरताका लागि प्रकृया पूरा गरिसकेको थियो ।

सोमबारको बैठकमा यसबारेमा प्रधानमन्त्रीज्यूले केही च’र्चा गर्नुभएपनि प्रस्तावको रुपमा आएन,’ मन्त्री पुनले भन्नुभएकाे छ, ‘मन्त्रिपरिषदमा द’र्ता भएको ऊर्जा मन्त्रालयको प्रस्ताव वि’चाराधीन छ । अध्ययनका लागि प्रधानमन्त्रीज्यूले केही समय लिनुभएको पनि हुन सक्छ । अहिले पनि प्राधिकरणमा कुलमानको पुनःनि’युक्तिको सम्भावना जी’वितै छ ।’घिसिङको निरन्तरताका लागि प्र’स्ताव तयार गरेर सोमबार अ’बेर विद्युतीय माध्यमबाट तथा हाल हा’र्ड क’पी समेत मन्त्रिपरिषदको कार्यालयमा द’र्ता गराइसकेको ज’नाइएकाे छ ।