ह’राएको फोनमा बाँदरको से’ल्फी र भिडियाे

एजेन्सी । म’लेशियामा एक युवकले आफ्नो ह’राएको फोन फेरि भेटिँदा त्यसमा बाँदरले खिचेका सेल्फी र भिडियाे फेला परेको बताएका छन् ।मलेशियाकाे दक्षिणी राज्य जोहोरको बा’टु पा’हाटमा जा’क्रिद्ज रो’द्जी नामक २० वर्षीय एक विद्यार्थीले बाँदरले फोन खान खो’जे जस्तो देखिने भिडियाेसहित सा’मग्रीहरू ट्विटरमा हा’लेका छन् । अहिले उक्त फाेटाे र भिडियाे सामाजिक सञ्जालमा भाइरल बनेकाे छ ।भिडियाेमा त्यही दिन दिउँसो २:०१ बजे एउटा बाँदरले फोन खान खो’जे जस्तो देखिन्छ ।त्यसमा उक्त बाँदरले फोनको क्यामरामा ट्वा’ल्ल परेर हे’रेको र हरिया पातको पृष्ठभूमिमा का’ग क’राएको सुनिन्छ।

रो’द्जीले आइतवार दिउँसोसम्म फोन नभेटिएको तर आफ्ना पिताले घरबाहिर एउटा बाँदर देखेपछि आफ्नो नम्बरमा फोन गर्दा घरपछाडि ज’ङ्गलमा घण्टी ब’जेको सु’निएको बताए । खो’ज्दै जाँदै हि’लो लागेको फोन पा’मको रूखमुनि पातहरूले छो’पिएको अवस्थामा भेटिएको थियो। एक आफन्तले फोनमा चो’रको तस्बिर होला भनेर ठ’ट्टा गरेको सम्झिँदै फोन खोलेर हे’र्दा बाँदरका तस्बिरहरू भेटिएको उनी सु’नाउँछन् । बाँदरले सेल्फी खि’चेको विषय समाचारमा आएको यो पहिलो पटक भने है’न। सन् २०१७ मा एक ब्रि’टिश फो’टोग्राफरले बाँदरले खिचेको विषयमा मु’द्दा खे’प्नुपरेको थियो। बीबीसी