७४ क्विन्टल प्याजसहित ३ व्यापारी पक्राउ

जनकपुरधाम —का’लोबजारी गर्न राखेको करिब साढे सात क्विन्टल प्याजसहित सिरहाबाट तीनजना पक्राउ गरेका छन् । भारतले प्याजको नि’र्यातमा रो’क लगाएसँगै नेपालमा प्याजको का’लोबाजारी सुरु भएको हो ।पक्राउ पर्नेमा गो’लबजारमा रहेको जय लक्ष्मी सब्जी भण्डार पसल तथा गो’दामका सञ्चालक मिर्चैया नगरपालिका ५ बस्ने ४४ वर्षीय उमेशप्रसाद साह, मिर्चैयास्थित रहेको जय मातादी सब्जी भण्डारका सञ्चालक विनोदकुमार साह र लहानस्थित गंगा ट्रेडर्सका संचालक रामनारायण नायक छन् ।सिरहामा अ’नुगमन टोलीले बुधबार ७ हजार ४४० किलो प्याजसहित संचालकहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सिरहाको गोलबजार, मिर्चैया र लहान बजारका पसल तथा गो’दाममा प्याजको का’लोबजारी भइरहेको वि’शेष सू’चनाको आधारमा ईलाका प्रशासन कार्यालय लहानका प्रतिनिधिसहित उद्योग वाणिज्य संघका प्र’तिनिधि, स्थानीय जनप्रतिनिधि तथा जिल्ला प्रहरीबाट ख’टेको टोलीले बिक्रीवितरणको लागि राखेको प्याजसहित पसल तथा गो’दामबाट तीनजना संचालकलाई नियन्त्रणमा लिएको सिरहाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।प्रहरीले ती सञ्चालकहरुलाई नियन्त्रणमा लिई गो’दाम सि’ल समेत गरेर थप अनुसन्धान गरिरहेको डीएसपी घिमिरेले बताए ।