आज ह्वात्तै घट्यो सुनको भाउ, प्रतितोला कति ?

१ आश्विन २०७७, बिहीबार काठमाडौँ – बिहीबार सुन चाँदीको भाउ घटेको छ । स्थानीय बजारमा सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको हो । सुनको भाउ विहिबार तोलाको ९६ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।बुधबार सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ थियो । यस्तै तेजावी सुन प्रति तोला ९७ हजार रूपियाँमा कारोबार भएको थियो । विहिबार तेजावी सुनको मूल्य ९६ हजार १ सय मा कारोकार भइरहेको महासङ्घले बताएको छ ।

त्यस्तै बुधबार चाँदीको मुल्य १ हजार ३ सय ४० मा कारोबार भएको थियो भने विहिबार चाँदीको मूल्य १ हजार ३ सय २० रूपियाँमा कारोबार भइरहेको छ । सरकारले काठमाडौं उपत्यकामा आजदेखि सम्पूर्ण पसलहरु खोल्ने निर्णय गरेसँगै बजारमा मानिसहरुको चहलपहल बढिरहेको छ । लामो समयदेखि कारोबार ठप्प प्राय भएका सुनचाँदी व्यवसायीहरु अब कारोबार बढ्नेमा आशावादी देखिएका छन् ।