अझै कति दिन पर्छ पानि ? मौसम बिभागले दियो यस्तो जानकारी

काठमाडाैँ । मौसममा देखिएकाे ख’राबीका कारण केही दिनदेखि निरन्तर झरी परिरहेकाे छ । हाल भारतको मध्य प्रदेशको पुर्वी भु-भागमा न्युन चापीय क्षेत्र रहेको र याे यो न्युन चापिय क्षेत्र उत्तर-पुर्व सर्दै गरेकाे जल तथ माैसम विज्ञान विभागले जनाएकाे छ । विभागका अनुसार साेही न्यूनचापीय रेखाकाे प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण ब’दली भएर अधिकांश स्थानहरुमा वर्षा भइरहेकाे छ ।विभागले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षा भैरहेको जनाएकाे छ ।

अविरल वर्षाका कारण कतिपय स्थानमा बा’ढी-पहिराेकाे समेत जाे’खिम रहेकाे बताइएकाे छ ।आज (बिहीबार) दिनभरजसाे नै देशभर सामान्यदेखि पुर्णतया बदली रही अधिकांश स्थानहरूमा मेघगर्जन/च’ट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पुर्वानुमान महाशाखाले जनाएकाे छ । विभाग सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।बिहीबार राति पनि देशभर सामान्यदेखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/च’ट्याङ्गसहित हल्का तथा मध्यम वर्षा हुनेछ ।

सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।सबै प्रदेशका धेरै स्थानमा भारी वर्षाका साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक स’तर्कता अ’पनाउन समेत महाशाखाले अ’नुरोध छ ।

त्यस्तै विभागकी मौसमविद् गंगा नगरकोटीका अनुसार शुक्रबारसम्म लगातार वर्षा हुने र घाम लाग्ने छैन । शनिबारबाट क्रमिक रुपमा मनसुनको सक्रियता घट्दै जाने छ । यद्यपि शनिबार पनि प्रदेश–१ र प्रदेश–२ मा भने मनसुन सक्रिय नै रहने छ । पश्चिमी वायू र स्थानीय वायू सक्रिय हँुदा केही क्षेत्रमा एक सातासम्म वर्षा हुने विभागको भनाइ छ । हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्यून चापीय क्षेत्र रहेका कारण नेपालमा वर्षा भइरहेको हो । सामान्यतः सेप्टम्बर २३ (हिजो) नेपालमा मनसुन अन्त्य हुनु पर्ने हो । तर यो वर्ष मनसुन केही लम्बिएको छ ।

विभागका अनुसार अझै एक साता मनसुन सक्रिय रहने छ । “सामान्य अवस्थामा सेप्टेम्बर २३ मा मनसुन सक्रिय हुन्छ भन्ने हो । तर यो पटक अझै केही समय मनसुन सक्रिय नै हुने देखियो,” मौसमविद् नगरकोटी भन्छिन्, “मनसुन अझै एक सातासम्म जारी रहन्छ ।”३० वर्षको सक्रिय मनसुनको अवधीका आधारमा औषतमा नेपालमा सेप्टेम्बर २३ सम्म मनसुन सक्रिय रहन्छ भन्ने तथ्यांक निकालिएको हो । तर पछिल्लो ५ वर्षको तथ्यांक अनुसार मनसुन केही साता पछिसम्म सक्रिय रहेको देखिन्छ ।