भारतमा भी’षण वर्षा, अहिलेसम्म कम्तीमा ७ जनाको मृ’त्यु

काठमाडौं ।चक्रवातका कारण भारतमा भी’षण वर्षा हुँदा अहिलेसम्म कम्तीमा ७ जनाको मृ’त्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेश र तेलंगनामा ठूलो वर्षा भएको हो। वर्षाका कारण सडक नदीजस्तै बनेका छन् ।तेलंगनाको राजधानी हैदराबादमा मंगलबार दिउँसो भारी वर्षा भएको हो। जसका कारण त्यहाँको ज’नजीवन प्रभावित भएको छ। वर्षाले तेलंगनाको मे’डचल(म’लकजगिरी जिल्लाको घा’टकेसर क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। जहाँ मंगलबार बिहान सुरु भएको वर्षा बुधबार बिहान ५ बजेसम्म जारी रहेको थियो। हैदरबादमा २० वर्षयता यति ठूलो वर्षा भएको थिएन।

त्यहाँको हुसैन सागर तालको ज’लस्तर निकै माथि पुगेको छ। आन्ध्र प्रदेशमा मंगलबार बिहानै नरसापुरम(का’कीनाडा नजिक चक्रवात पुगेको हो। जसका कारण कृष्णा, उभाया गोदावरी और उत्तराञ्चल जिल्लामा चे’तावनी दिइएको छ। सोमबार बिहानदेखि मंगलबार बिहानसमम १२९ क्षेत्रमा ११.५६ सेमि र २०.४४ सेमि वर्षा भएको छ। पश्चिम गोदावरी जिल्लामा औसत १८ सेमि वर्षा भएको त्यहाँका मौसमविद्ले बताएका छन्। सरकारका अनुसार राज्यभरमा वर्षाका कारण कम्तीमा ७ जनाको मृ’त्यु भएको छ। एपमुख्यमन्त्री अल्ला नानीले पी’डित ना’गरिकलाई सहायता गर्ने आ’श्वासन दिएका छन्।