१२ करोडमा बनेको सडक एक वर्ष नपुग्दै भा’सियो, कालोपत्रे उ’प्कियो

काठमाडौं, कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण भएको एक वर्षमै सडक भा’सिएको छ । डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारा–मेलौली सडकको केही भाग भा’सिएको हो । गत आर्थिक वर्षमा सम्पन्न भएको यो सडक अजयमेरु गाउँपालिका–१ पुईलेक बजारको भाग भा’सिनुका साथै कालोपत्रे उ’प्किएको छ ।सडक निर्माण थालिएको झण्डै तीन दशक पछि केही खण्ड कालोपत्रे गरिएको थियो । यो सडक डडेल्धुराको उग्रताराबाट बैतडीको मेलौली जो’ड्ने गरी निर्माण भएको छ । सडक कालोपत्रेको पहिलो चरणमा आठ किलोमिटर कालोपत्रे सम्पन्न भएको थियो ।

यस सडकखण्डमा कालोपत्रे गर्दा लगाईएका प्रायः पर्खाल पनि भ’त्किएका छन् ।आर्थिक वर्ष २०७४/७५ मा पहिलो पटक आठ किलोमिटर सडक कालोपत्रे गर्न सडक डिभिजन कार्यालयले रु १२ करोड बजेट वि’नियोजन गरेको थियो । अमरगढी नगरपालिका–७ रातागौनबाट अजयमेरु गाउँपालिका–१ समैजीको बयलडाँगासम्म का’लोपत्रे भएको सडकमा करिब डेढ दर्जन पर्खाल छन् । सडक निर्माणकै क्रममा पनि एक दर्जन पर्खाल भा’सिनुका साथै सडक छे’उ छो’डी भ’त्किएका थिए । त्यस ब’खत पर्खाल पुनः लगाईएका थिए ।त्यतिबेला सडक कालोपत्रे गर्ने डडेल्धुराकै स्थानीय निर्माण व्यवसायी केएस क’न्ट्रक्सन का’र्वाहीमा परेको थियो ।

सोही निर्माण कम्पनीले अहिले पनि बयलडाँगाभन्दा अगाडि सडक खण्ड र पोखरा–बेलापुर सडक कालोपत्रे गरी रहेको छ ।सबै ठाँउमा निर्माण कम्पनीले काम गर्न नसक्दा पेटी ठेकेदारको जिम्मा दिईने भएकाले गुणस्तर अनुसारको काम नभएको हुनसक्ने केएस क’न्ट्रक्सनका तत्कालिन इञ्चार्ज तथा सब ओ’भरसेयर जीतबहादुर तामाङले बताए । यस्तै डडेल्धुरा अस्पतालको भवन निमार्णसमेत ठे’क्का पाएको केएस क’न्ट्रक्सनले पोखरा, बेलापुर सडक खण्डबाट कमसल ढुङ्गा ल्याइएको र डडेल्धुरा अस्पताल निर्माण गरिरहेको स्थानीयको भनाइ छ ।