पछिल्लो २४ घण्टामा ३५ सय २२ जनाद्वारा स्वास्थ्यलाभ

३० आश्विन २०७७, शुक्रबार काठमाडौं। कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय २२ जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार ५ सय २२ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ८८ हजार ४० पुगेको छ ।त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ३७ हजार ३ सय ८२ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ८ सय ८ रहेको छ ।

यस्तै होम आइसोलेसनमा रहनेको संख्या २५ हजार ४६ रहेको छ भने संस्थागत आइसोलेसनमा १२ हजार ३ सय ३६ जना छन् ।पछिल्लो २४ घण्टामा देशभर १६ हजार ५ सय ३१ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १२ लाख ५४ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण भएको छ ।