जसपाले डा. बाबुराम भट्टराईलाई संघिय परिषद अध्यक्षमा नियुक्त

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी बैठकले पार्टीको संघीय परिषद अध्यक्षमा डा. बाबुराम भट्टराईलाई चयन गरेको छ। सोमबार र मंगलबार काठमाडौंमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय गरेको हो।गत वैशाखमा राजपा र संघीय समाजवादी दल एकीकरण भएर जसपा बन्दा अन्तिम समयमा भट्टराई पार्टीको चौथो वरियतामा पुगेका थिए। जसपाको कार्यकारी अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् ।यस्तै जसपाले विधान संशोधन गरी केन्द्रीय समितिको आकार बढाएको छ।

यसअघि केन्द्रीय समितिको संख्या ७०१ रहेकोमा जसपाले विधान संशोधन गरेर ८०१ सदस्सीय बनाइएको हो। आज बसेको कार्यकारिणी समितिको बैठकले विधान संशोधन गरी सो संख्या थपेको कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले बताए। विधान संशोधन प्रस्ताव सर्वसमितले पारित गरेको पनि उनको भनाइ छ। विधान संशोधन पारित भएसँगै अब केन्द्रीय समितिको संख्या ८०१ सदस्यीय हुने भएको उनले बताए। वैशाखमा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जसपा नेपाल बनेको थियो। दु