आज कति थपिए कोरोना संक्रमित, घटे कि बढे ? (संख्या सहित)

काठमाडौं– मुलुकमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ९३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ । थपिएका संक्रमितमध्ये १७०२ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १४३१, भक्तपुरका १४८ र ललितपुरका १२३ जना छन् ।९६ हजार ६०९ जना संक्रमणमुक्त भएका छन् ।पछिल्लो २४ घण्टामा मात्र २१०८ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ४१ हजार ७५५ संक्रिय संक्रमित छन् । १३ हजार ५५९ संस्थागत र २८ हजार १९६ होम आइसोलेसनमा छन् ।त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ जनाको ज्यान गएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७६५ पुगेको छ।