चीनका क’ट्टर आलोचक ट्रम्पले चीनकै बैंकबाट कारोबार गरिरहेको खुलासा !

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चीनको बैंकमा खाता रहेको स्वीकार गरेका छन् । न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार सो बैंक खाता ट्रम्प इन्टरनेशनल होटल्स म्यानेजमेन्टले नियन्त्रण गर्छ र २०१३ देखि २०१५ सम्म स्थानीय कर पनि तिरेको छ । ट्रम्पका प्रवक्ताका अनुसार यो बैंक खाता एसियामा होटल व्यवसायमा लगानीको सम्भाव्यता खोज्नको लागि संचालन गरिएको हो ।ट्रम्प अमेरिकी व्यवसायीहरुले चीनसँग व्यवसाय गर्ने कुराको क’ट्टर आलोचक हुन् र यही कारण दुई देशबीच व्या’पारयुद्ध चर्किएको छ ।

तर, अहिले ट्रम्प आफैंले नै चीनसँग व्यवसाय गरिरहेको खुलासा भएको छ । न्यूयोर्क टाइम्सले ट्रम्पको व्यवक्तिगत र कम्पनीको आर्थिक विवरण भएको कर रेकर्डको जाँच गरेपछि यो बैंक खाताको खुलासा गरेको हो ।न्यूयोर्क टाइम्सले ट्रम्पको आर्थिक अ’नियमितताको विषयमा विगतका हप्ताहरुमा ठूला–ठूला खुलासा गरिरहेको छ । अखबारले ट्रम्प राष्ट्रपति भएपछि २०१६ र २०१७ मा ७५० डलर मात्र कर ति’रेको समेत खुलासा गरेको थियो । चीनको बैंक खाताले भने चीन सरकारलाई स्थानीइ करवापत १ लाख ८८ हजार ५६१ डलर तिरेको पाइएको छ । ट्रम्प आफ्ना प्र’तिद्वन्द्वी जो बा’इडेनको चीनप्रति नरम नीतिको पनि क’ट्टर आ’लोचक हुन् ।