‛सामाजिक शसक्तिकरणको क्षेत्रमा महानगरले योजनाबद्ध ढंगले काम अगाडि बढाएको छ’

५ कार्तिक २०७७, बुधबार चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महिला एवं सामाजिक शसक्तिकरणको क्षेत्रमा महानगरपालिकाले योजनाबद्ध ढंगले गतिबिधीहरू अगाडी बढाइरहेको बताएकी छन्। भरतपुर महानगरपालिका २१ पार्वतीपुरमा बुधवार सरस्वती महिला उद्यमशील महिला तालिम केन्द्र भवनको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । भरतपुर महानगरपालिकाको २५ लाख रूपयाँ र समूहको सहभागितामा थप ७ लाख रकम गरी ३२ लाख रूपैंयाको लागतमा तालिम केन्द्रले निर्माण गरिएको हो।

सोही भवनको उद्घाटन पश्चात मन्तव्य व्यक्त गर्दै दाहालले नवनिर्मित तालिम केन्द्र यस क्षेत्रका महिला उद्यमी र उद्यम गर्न चाहने महिलाहरूको सिप र क्षमताको आधारमा बहु उपयोगी हुने बताइन् । उनले भनिन्-‘ उद्यमशिलताले मात्र परिवार ,र समाजलाइ समृद्ध बनाउन सक्छ, तसर्थ आधुनिक प्रविधि सिपमार्फत् उत्पादकत्व बढाउन सबै एकत्रित हुनुपर्छ।’ रोजगार सृजना र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिँदै उनले यस्ता योजना लिएर महानगरपालिकका आउनेलाई सबै प्रकारको सहयोग गर्न महानगर तयार रहेको बताइन्।

दाहालले महिला त्यसमा पनि दलित आदिवासी तथा सिमान्तकृत समुदायका महिलाहरूको क्षमता बिकास, उद्यमशिलता बढाउन विशेष जोड दिएको उल्लेख गरिन्। समग्र विकासले मात्र महानगरको दिगो र आत्मनिर्भर विकास हुने भन्दै उनले यसलाई मध्यनजर राखेर शिक्षा ,स्वास्थ्य, कृषि ,पर्यटन र पूर्वाधारको क्षेत्रमा योजनाबद्ध ढंगले काम अगाडि बढेको बताइन्।उनले पछिल्लो समय भरतपुरले सडक पूर्बाधार निर्माणमा ठूलो छलाड्ग मारेको पनि उल्लेख गरिन्। भरतपुर महानगरपालिकाले गौरबको आयोजनाको रूपमा अगाढी बढाएको महानगरिय रिड्गरोड र लिडंकरोडको काम दु्रत गतिमा निर्माण भईरहेको जानकारी दिइन्।

उनले महानगरिय सिटी हल र पुलचोक–गोन्द्राडंग ६ लेन सडक निर्माण र स्मार्ट स्ट्रिट लाइट जडानको काम दशै लगत्तै सिलान्यास गरेर आफ्नै कार्यकालमा सम्पन्न गर्ने गरी काम अगाढी बढाउने पनि उल्लेख गरिन्। कार्यक्रममा वडा नम्बर २१ का वडाअध्यक्ष चित्रसेन अधिकारीले नवनिर्मित तालिमकेन्द्र भवन यस क्षेत्रका समुदायलाइ सिप सिकाइमा उपयोगी हुने बताए। वडा नम्बर २४ का वडाअध्यक्ष कान्छा मल्लले आकर्षक महिला उद्यमसिल तालिमकेन्द्र भवन निर्माण गरेर रचनात्मक काम गरेको भन्दै समूहलाई धन्यवाद ब्यक्त गर्दै तालिम केन्द्रलाइ सिकाइको केन्द्र बनाउन आग्रह गरे।