कक्षा १२ को परिक्षा मंसिर ९ गतेदेखि हुने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ ।परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिए । नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ ।कोरोना संक्रमित विद्यार्थीलाई भने बोर्डले परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ । संक्रमितहरूलाई कोरोना मुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्था गरिने बोर्डले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएर पनि परीक्षाम बस्न सक्ने विद्यार्थीका लागि भने छुटै स्थानको व्यवस्था गरिनेछ। यो पटक परीक्षार्थीका लागि ४० अंकको लिखित परीक्षा हुनेछ। ४० अंक कक्षा ११ को पढाइलाई आधार मानेर प्रदान गरिनेछ। २० अंक भने स्कुल आफैले मूल्यांकन गरेर प्रदान गर्नेछ। शर्माका अनुसार परीक्षामा ४ लाख ३२ हजार ५ सय सहभागी हुँदैछन्।