आज दशैंको छैटौं दिन, का’त्यायनी भगवतीको पूजा गरे रो’ग, शो’क, भ’य, दुःख द’रिद्रजस्ता सं’कट ना’श हुने

काठमाडौं, ६ कात्तिक । बडा दशैं अन्तर्गत नवरात्रीको छैटौं दिन आज ‘का’त्यायनी’को पूजाआजा गरिदैँछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गरिन्छ ।आज देवी दुर्गाका स्वरूपमध्ये अष्टमातृका भगवतीको छैटौं श’क्तिका रूपमा प्रा’दुर्भाव भएकी का’त्यायनी भगवतीकोे पूजा हुन लागेको हो । दानवमाथि देवीले वि’जयप्राप्त गरेको खुसीयालीमा दशैं मनाउने गरिएको धार्मिक कि’म्वन्ती छ ।आजको दिनमा का’त्यायिनी भगवतीको पूजा गरे रो’ग, शो’क, भ’य, दुःख द’रिद्रजस्ता सं’कट ना’श हुने धार्मिक विश्वास रहेको पाइन्छ ।

धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा का’त्यायान ऋषिको छोरीको रूपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम का’त्यायिनी रहन गएको क’थन देवीभागवत पुराणमा उल्लेख गरिको छ ।न’वरात्रका नौ दिनमा पहिलो दिन शै’लपुत्री, दोस्रो दिन ब्र’हृमचारिणी, तेस्रो दिन च’न्द्रघण्टा, चौंथो दिन कु’ष्माण्डा, पाँचौ दिन स्क’न्दमाता, छौटौं दिन का’त्यायनी, सातौं दिन का’लरात्री, आठौं दिन म’हागौरी र नवौं दिन सि’द्धिदात्रीको पूजा गर्ने गरिन्छ ।