टाट पल्टिए छोरीको बिहेमा ८ अर्ब खर्च गर्ने व्यापारी

काठमाडौं। बेलायतमा रहेर व्यवसाय गर्ने भारतीय व्यापारी प्रमोद मित्तल बेलायतकै सबैभन्दा ठूला टाट पल्टिने व्यापारी बन्ने भएका छन् । बेलायटका स्टिल टाइकून व्यापारी लक्षी मित्तलका भाइ प्रमोद मित्तलमाथि २.५ बिलियन पाउण्ड (३ खर्ब ८७ अर्ब नेपाली रुपैयाँ) बराबर ऋण रहेको बताइएको छ । यति ऋणले उनलाई बेलायतकै सबैभन्दा ठूला टाट पल्टिने व्यापारी बनाउनेछ । यी प्रमोद मित्तल उनै हुन् जसले आफ्नी छोरीको बिहेमा ५० मिलियन पाउण्ड अर्थात झण्डै ८ अर्ब नेपाली रुपैयाँ खर्च गरेका थिए ।

बेलायतको द टाइम म्यागजिनलाई उद्धृत गर्दै बिजनेस टुडेले लेखेअनुसार प्रमोद मित्तलले अहिले आफूसँग कुनै आय नभएको बताएका छन् । उनका अनुसार उनीसँग अहिले सम्पत्तिको नाममा १ लाख १० हजार पाउण्ड बराबरका सामानहरु छन् । उनको नाममा ४५ पाउण्ड मूल्यको मात्र सम्पत्ति छ जुन भारतको दिल्ली नजिकै छ । उनका अनुसार उनले आफ्ना ९४ वर्षका पितासँग १७० मिलियन पाउण्ड, श्रीमती संगीतासँग १.१ मिलियन पाउण्ड, आफ्ना ३० वर्षीय छोरासँग २.४ मिलियन पाउण्ड र आफ्ना बहिनी ज्वाइँ अमित लोहियासँग १.१ मिलियन पाउण्ड ऋण लिएका छन् जुन तिर्न बाँकी छ ।

आफ्नो ठूलो अर्चको लागि चिनिने प्रमोद मित्तल उनै हुन् जसले ७ वर्षअघि २०१३ मा आफ्नी छोरी श्रृष्टिको डच मूलका बैंकर गुलराज बहलसँग बिहे गरिदिँदा ५० मिलियन पाउण्ड खर्च गरेका थिए । यो खर्च उनका दाजु लक्ष्मी मित्तलले आफ्नी छोरी वनिशाको बिहेमा गरेको खर्चभन्दा १० मिलियन पाउण्ड बढी हो । लक्ष्मी मित्तलकी छोरी वनिशाको बिहे २००४ मा प्यालेस अफ वर्सायमा भएको थियो ।प्रमोद मित्तलको व्यवसायमा कठिनाइ १४ वर्षअघि त्यतिबेला सुरु भएको थियो जब उनले बोस्नियाको कोक निर्माता कम्पनी गिकिलको लागि ऋण लिने क्रममा ग्यारेन्टी बसिदिए । उनको कम्पनी ग्लोबल स्टिल होल्डिङसले गिकिलको लागि ग्यारेन्टी बसिदिएको थियो । पछि गिकिल नै टाट पल्टियो ।

गिकिलले प्रमोद मित्तलको कम्पनीलाई ग्यारेन्टर फर्मको पैसा फिर्ता दिन सकेन । मुरगेट नामको कम्पनीले यो ऋण तिर्यो र पछि यही कम्पनीको पक्षमा बैंकरप्ट अर्डर आयो ।मुरगेट इण्डष्ट्रिजको एक बयानका अनुसार प्रमोद मित्तल तय समयसम्म भुक्तानी गर्न असमर्थ रहे त्यसपछि टाट पल्टिएको कारवाही सुरु गरिएको थियो । यही वर्षको जूनमा अदालतले ब्याजको साथमा १३० मिलियन पाउण्डको लागि प्रमोद मित्तल विरुद्ध टाट पल्टिएको (बैंकरप्ट) आदेश जारी गरिदियो । यसको अतिरिक्त बोस्नियाली कम्पनीको केसमा उनीविरुद्ध जाँच गरियो जसमा उननीमाथि धोकाधडीमा सहभागी भएको आरोप लाग्यो र उनलाई गिरफ्तार गरियो । तर, पछि १ मिलियन पाउण्ड धरौटीमा छाडियो । जाँच अझै जारी छ ।