दसैँमा कोरोना संक्रमितले के खाने, टीका कसरी लगाउने?

काठमाडौं, बिहीबारसम्म नेपालमा ४४ हजार ८७७ जना सक्रिय संक्रमित छन्। जसमध्ये ३१ हजार ५ जना संक्रमित घरमै आइसोलेसनमा बसेका छन्। दसैँमा नेपाली परिवारमा माछामासु, चिल्लो पिरोको खानपान बढी हुन्छ। तर, खानपिनमा ध्यान नपुर्‍याए सामान्य लक्षण भएर घरमै बसेका संक्रमितमा पनि ग’म्भीर समस्या आउनसक्ने जनस्वास्थ्य विज्ञहरुले चे’तावनी दिएका छन्। ‘खानाको तारतम्य मिलेन भने ए’सिडिटी हुने, बा’न्ता हुने, प’खाला हुनेसमस्या आउन सक्छन्। संक्रमितलाई यी स’मस्या थपिँदा अवस्था ग’म्भीर बन्नसक्छ,’ जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले भने, ‘दसैँमा मासु बढी खाने प्रचलन हुन्छ।

तर त्यसले स्वास्थ्यलाई फाइदा पुग्दैन। धेरै प्रकारका तर थोरै थोरै प’च्नसक्ने गरी खानेकुरा खानुपर्छ।’ पाण्डेले सागसब्जी, गे’डागुडी, दूध, दही, अण्डा, मौसमी फलफूल, तरकारीलाई पनि खानामा निरन्तरता दिनुपर्ने सुझाव दिए। यसबाहेक ३–४ लिटर पानी पिउन तथा सम्भव भए फलफूलको जुस, सुप, मनतातो कागती पानी, ह’र्बल चिया, ब्ल्याक टी, हल्का कफीको से’वन गर्न सक्ने उनले सुझाव दिए। पानीले पो’षक तत्वलाई र’गतमा पुर्‍याउन, शरीरको तापक्रम सन्तुलनमा राख्न, शरीरका वि’षाक्त पदार्थलाई नि’ष्कासन गने सहयोग पुर्‍याउने उनको भनाइ छ।

यस्तै चि’ल्लो रोटी, बासी खानाले पनि पनि स्वास्थ्यमा स’मस्या ल्याउने भएकाले सकभर त्यस्ता खानेकुरा नखान पाण्डेले सुझाव दिए। उनले दसैँमा पनि परिवारका सदस्यले संक्रमितको स्या’हारसुसारमा ध्यान दिनुपर्ने तथा सं’क्रमितले दै’निक व्या’यामलाई छो’ड्न नहुने बताए। परिवारका सदस्यहरु मि’लेर दसैँ टीका लगाउँदा संक्रमितको मन खल्लो हुन सक्ने भएकाले संक्रमितलाई छुट्टै प्ले’टमा टीका र जमरा कोठाको बाहिर राखिदिने र संक्रमित स्वयमले टीका लगाउने गरी यसपटकको दसैँ मनाउनुपर्ने डा.पाण्डेले सुझाव दिए।

‘यसपटक सामान्य अवस्था छैन। कसैले पनि आफ्ना कारण परिवारका अन्यलाई संक्रमण स’रोस् भन्न चाहँदैन,’ पाण्डेले भने, ‘निधार खाली रहन नदिन यसपटक मान्यजनले दिएको टीका जमरा आफैँ लगाउन सकिन्छ। कुनैपनि हालतमा परिवारको सम्पर्कमा आउनुहुँदैन।’ दसैँमा वि’दा भएपनि अस्पतालमा इ’मर्जेन्सी तथा कोभिड वार्डहरु खुला नै हुने भएकाले ज्वरो धेरै आए, सास फे’र्न गा’ह्रो भए, छाती दु’खे वा द’बाब म’हसुस भए अस्पताल जानुपर्ने उनले सुझाव दिए।