अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरै कोरोना सं’क्रमित थपिए

काठमाडौं, अमेरिकामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ। लकडाउन खु’कुलो हुँदै गएको, चु’नावी ग’तिविधिहरु ब’ढेको, भि’डभाड धेरै हुन थालेको लगायतका कारणले सङ्क्रमितहरुको संख्यामा बृद्धि भएको अधिकारीहरुले जनाएका छन्। केही अस्पतालहरुमा सङ्क्रमितहरुको संख्या अ’त्यधिक भएको र उनीहरुकोमा त्यो संख्या पनि अहिलेसम्मकै धेरै भएको जनाइएको छ। अमेरिकामा शुक्रवार ८३ हजार भन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको तथ्याङ्का छ। तर मृ’त्यु दर भने राम्रो उपचारका कारण कम भएको बताइएको छ।

विभिन्न नि’कायहरुले दिएको विवरण अनुसार अमेरिकामा कोरोना भाइरसको म’हामारी सुरू भएयता ८५ लाख मानिसहरू कोरोनाभाइरस सङ्क्रमित भएका छन्। यसअघि एकैदिनमा सवैभन्दा धेरै सङ्क्रमित गत जुलाई १७ मा भएका थिए। त्यो दिन ७६ हजार ८ सय ४२ रहेकोमा अहिले झण्डै ६ हजारले ब’ढी भएको देखिएको छ। कतिपय देशहरुमा पछिल्लो समयमा फेरी सङ्क्रमितहरुको संख्या ब’ढ्न थालेको पाइएको छ। विश्व स्वास्थ्य सङ्गठनले पनि अमेरिकासहितका कतिपय मुलुकहरुमा कोरोनाभाइरसको सङ्क्रमण फै’लिने क्रम अत्यन्त धेरै रहेको र ती क्षेत्रको अवस्था क’ठिन रहेको भन्दै चि’न्ता व्यक्त गरेको छ। रासस/एपी