ग्राण्डी अस्पतालको लु’ट : दैनिक ५० हजार रुपैयाँ शुल्क लिएर एक युवाको ज्यान यसरी लिइयो

काठमाडौं । काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालले पैसा असुल्नकै लागि कोरोना संक्रमण नभएका वि’रामीलाई समेत कोरोना भएको बताउँदै आ’ईसीयूमा भर्ना गर्ने गरेको गुनासो ती’ब्र रुपमा आउन थालेको छ ।यसैबीच विगत १८ दिन अगाडि मात्रै बौद्ध (जोरपाटी)का पुष्प सुनार (रसाइली)लाई नि’मोनिया भएर ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । तर, कोरोना भाइरसको संक्रमण नै नभएका उनलाई ग्राण्डी अस्पतालका डाक्टरहरुले कोरोना भएको भन्दै इ’मर्जेन्सी वा’र्ड हुँदै आ’ईसीयूमा लगेको पुष्प सुनार (रसाइली)का दाई चित्रबहादुर रसाइलीले बताए ।

उनले आफ्नो फेसबुक पेजमा स्टाटस राख्दै भनेका छन्, ‘इ’मर्जेन्सी वार्डबाट हतार–हतार आ’ईसीयूमा सा’र्न लाग्दा मेरो भाईको राम्रोसँग हो’स खुलिसकेको थियो । मेरो भाईले आ’ईसीयूमा नलैजाउ, त्यहाँ मलाई मा’र्छन्, म बाँ’च्न सक्दिन भनेर कराउँदै गर्दा डाकटरहरुले ज’बरजस्ती बे’होस् हुने सुई लगाएर आ’ईसीयूमा लगे ।’भाईलाई आ’ईसीयूमा लगिसकेपछि डाक्टरहरुले कसैलाई भेट्न नदिएको पनि दाई चित्रबहादुर रसाइलीको गु’नासो छ । उनले भने, ‘त्यसपछि हामीसँग दैनिक रु ५०,०००/– का दरले पैसा मागे ।हामीले डाक्टरहरुको भनाइ अनुसार नै पैसा जम्मा गर्दै लग्यौं ।

वि’रामीको अवस्था के कस्तो छ ? भनेर बुझ्दा कोरोना पोजेटिभ भएको छ, धेरै क्रि’टिकल अवस्था छ, भन्दै एक सातासम्म पैसा जम्मा गर्न लगायो ।’उनले थपे, ‘पछिल्लो एक सातायता भने दैनिक तीन लाखका दरले पैसा डि’पोजिट गर्न लगायो । त्यसपछि फूलपातीको अघिल्लो दिन डाक्टरहरुले हामीलाई बोलाएर दुनियाभरको का’उन्सेलिङ गर्न थाले । त्यसपछि मलाई शं’का लाग्यो र भाईलाई भेट्न जान्छु भन्दा डाक्टरहरु एकछिन अ’ल्मलिए ।’त्यसको केही बे’रपछि आफैले रि’स्क मो’लेर भाईलाई भेट्नसक्ने डाक्टरहरुले बताएको बताउँदै उनले भने, ‘तपाईले भाइको मुख हेर्न पाउनुहुन्न ।

हामीले ट्रि’टमेन्ट गर्दै जाँदा घोप्टो पार्नुपर्ने भएर घो’प्को पारेर राखेका छौं । तपाईंले पछाडि ढाड पट्टी मात्रै देख्न सक्नुहुन्छ, भने ।’त्यसपछि आफूले फर्काउन मिल्छ होलानी भनेर सोध्दा दायाँबायाँ कतै पनि फर्काउन नमिल्ने डाक्टरहरुले बताएको उनले गुनासो गरे ।त्यस्तै, भाईबुहारी र फुपुका छोराले समेत त्यहाँ जान रिस्क हुने र डाक्टरहरुले हेरिहाल्छन् भनेपछि आफूले भाईलाई हेर्न जान नसकेको उनले आफ्नो स्टाटसमा उल्लेख गरेका छन् ।साथमा डाक्टरहरुलेसमेत भाईको अन्तिम अवस्था भएको र थप २४ घण्टा प्रयास गर्ने आ’श्वासन पनि दिएको पनि बताएका छन् ।

उनले अगाडि लेखेका छन्, ‘त्यो दिन घर आइपुग्नासाथ डाक्टरहरुले भाई बुहारीलाई थप ८ लाख लाग्ने बताएका रहेछन् । तर, भाईबुहारीले नसकिने बताएपछि हिजो फूलपातीका दिन दिउँसो २ बजे अस्पतालले मृ’त घो’षणा गरिदियो ।’अस्पतालले भाईलाई मृ’त घो’षणा गरिसकेपछि आफूहरु सबै पालैपालो टाढैबाट हेर्न गएको र श’व भने नेपाली सेनाले व्यवस्थापन गर्ने बताएको दाई चित्रबहादुरले बताए ।उनले फेरि भने, ‘हामी आर्मी आउने प्रतीक्षामा बस्यौं । तर, मृ’त घो’षणा गरेको चार घन्टापछि डाक्टर ढोकाबाट बाहिर आएर भने, ‘ल तपाईहरुलाई एउटा खुसीको खबर, तपाईको बि’रालीलाई कोरोना नभएको रिपोर्ट आयो ।

तपाईहरुले बाँकी पैसा तिरेर शव लान सक्नुहुन्छ ।’त्यसपछि आफूहरु आक्रोशित भएर भाईलाई कोरोना नभएको भए किन यति धेरै खर्च गराइयो ? भाईलाई किन मा’रियो ? भनेर प्रश्न गर्दा अस्पताल पक्षबाट चित्तबुझ्दो जवाफ नपाएको कारण अझैं पनि भाईको श’व नबुझेको उनले फेसबुकमा लेखेका छन् ।यस विषयमा अब पी’डित पक्षले मे’डिकल काउन्सिलमा गएर मु’द्दा हाल्ने बताएका छन् । साथै, सामाजिक सञ्जालमार्फत् अन्यायमा परेका पीडितलाई साथ दिन भन्दै अपील गरिएको छ ।उनीहरुले ग्राण्डी अस्पतालको ज्यान मा’र्ने धन्दा बन्द हुनुपर्ने माग पनि गरेका छन् । यस विषयमा ग्राण्डी अस्पताल प्रशासनको ध्यानाकर्षण गराउँदा कुनै जवाफ दिन चाहेन ।न्युज २४