नेहा कक्करले गरिन् विवाह, रिसेप्सन पार्टी अक्टोबर २६ मा

एजेन्सी , भारतीय सञ्चार माध्यमका अनुसार शनिबार उनीहरूले दिल्लीमा विवाह गरेका हुन्। आफन्त र साथीहरू उपस्थितमा उनीहरूले ‘फेरा’ लिएका छन्। यसअघि उनीहरूले मेहेन्दी र हल्दी समारोहका तस्बिर र भिडिओ सामाजिक सञ्जालमा सेयर गरेका थिए। उनीहरूले अक्टोबर २२ मा उनीहरूले विवाह दर्ता गरेका थिए। विवाह दर्ता गरेको दुई दिन पश्चात् उनीहरूले विवाह गरेका हुन्। रिसेप्सन पार्टी भने अक्टोबर २६ मा पन्जाबमा हुने बताइएको छ। उनीहरूले केही समयअघि कुरा छिनेका थिए।

उनीहरुको बिहेको तयारी भने केही दिनदेखि चलिरहेको थियाे। नेहा र रोहनले केही साता अगाडि मात्र आफूहरुको सम्बन्धको खुलासा गर्दै बिहे गर्ने बताएका थिए। नेहाको यसअघि पनि थुप्रै केटाहरूसँग अफेयर थियो। उनको बिहेलाई लिएर चर्चा चलिरहन्थ्यो ।त्यसैले उनको बिहेलाई लिएर संसय थियो। तर, बिहेका लागि रोहन र उनको परिवार बिहिबार मुम्बईबाट दिल्ली पुगेका थिए। उनी पनि बहिनी सोनु कक्कड, भाई टोनी कक्कड र परिवारका अन्य सदस्यसँग मुम्बईबाट दिल्ली पुगेकी थिइन्।