दक्षिण कोरियाली कम्पनी सामसुङ ग्रुपका अध्यक्ष ली कुन हीको नि’धन

एजेन्सी ।दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्स अध्यक्ष ली कुन हीको आइतबार नि’धन भएको छ । दक्षिण कोरियाको राजधानी सिओलमा लीकाे ७८ वर्षकाे उमेरमा मृ’त्यु भएकाे हाे ।सामसुङले एउटा वक्तव्य जारी गर्दै अध्यक्ष लीको मृ’त्यु भएको जानकारी दिएको हो । ली लामो समयदेखि बि’रामी थिए । उनी केही वर्षदेखि अस्पतालमा उपचाररत थिए । ६ वर्षअघि हृ’दयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।लीले सन् १९८७ देखि २००८ र सन् २०१० देखि २०२० सम्म दुइ कार्यकाल सामसुङ ग्रुकाे अध्यक्षकाे जि’म्मेवारी स’म्हालेका थिए ।

उनको अनुपस्थितिमा उनका छोरा ली जेई योङले कम्पनीको जि’म्मेवारी सम्हाल्दै आएका थिए ।सन् १९४२ मा जन्मिएका लीले आफ्ना बुवाको स्थानीय स्तरको व्यवसायलाई बढाउँदै विश्वकै प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान बनाउन सफल भएका थिए ।बुवा ली ब्युङ चुलको चाउचाउको व्यापारलाई विस्तार गर्दै ली कुन हीले इ’लेक्ट्रोनिक्स सामानको समेत उत्पादन गर्दै सामसुङलाई विश्वव्यापी बनाएका थिए । अहिले सामसुङ स्मार्टफोन, कम्प्युटर र टेलिभिजन लगायत इलेक्ट्राेनिक उपकरण उत्पादनमा अग्रणी मानिन्छ । विश्वमै प्र’भुत्व ज’माएको सामसुङले अमेरिकी कम्पनी एप्पललाई ट’क्कर दिइरहेको छ ।

सेप्टेम्बर २०२० मा सामसुङको सम्पत्ति २० अर्ब डलर मूल्याङ्कन गरिएको थियो ।खेलमा रुची राख्ने ली विश्व ओलम्पिक कमिटीको सदस्य पनि थिए । सन् २००५ मा टाइम म्या’गजिनले लीलाई विश्वकै सय जना प्र’भावशाली व्यक्तिको सूचीमा राखेको थियो । लीका एक छोरा र दुई छोरी रहेका छन् ।