विदेशी गु’प्तचर अधिकारीसँग आ’चारसंहिताविपरीत प्रधानमन्त्रीको यस्तो भेट किन? : श्रेष्ठ

काठमाडौं,सत्तारुढ नेकपाका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कु’टनीतिक म’र्यादा विपरित भारतीय गु’प्तचर संस्था र’अका प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटले राष्ट्रिय स्वाभिमान , सार्वभौमिकता र राष्ट्रिय हि’तलाई कमजोर पार्ने बताएका छन्। नेकपा सचिवालयका सदस्य श्रेष्ठले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको राजनीतिक एवं कुटनीतिक इतिहासमा देशको प्रधानमन्त्रीले बिना कुनै नि’र्धारित कार्यसूची विदेशी गु’प्तचर संस्थाको अधिकारीसँग कुटनीतिक म’र्यादा वि’परित समकक्षी झैं औपचारिक वार्ता गरेको यो पहिलो घटना हो।’

भा’रतीय सेनाको विशेष वि’मानबाट बुधबार काठमाडौं आएका गो’यलले मध्यराति प्रधानमन्त्री ओलीसँग करिब तीन घण्टा गो’प्य भेटवार्ता ग’रेपछि सत्तारुढ र वि’पक्षी पार्टीबाट त्यसको चर्को वि’रोध भइरहेको छ भने ओली ’निकट नेताहरूले उनको ब’चाउ गर्न खोजिरहेका छन्। शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी समिति सदस्य शंकर पोखरेलले रअ प्रमुख गो’यल भा’रतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश वा’हकका रुपमा नेपाल आएको र प्रधानमन्त्री ओलीसँग सीमा स’मस्याका विषयमा भेटवार्ता गरेको बताएका थिए।

श्रेष्ठले भारतीय प्रधानमन्त्री मोदीले सन्देशसहित गोयललाई नेपाल पठाएको नदेखिएको बताएका छन्। ‘विदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो विशेष दूतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्र’त्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो। तर त्यस्तो पनि देखिएन’, श्रेष्ठले भनेका छन्, ‘त्यसैले ग’म्भीर प्रश्न उठ्छ, विदेशी गुप्तचर अधिकारीसँग कुटनीतिक मुल्य र आ’चारसंहिता वि’परित प्रधानमन्त्रीको यस्तो भेट किन?’ श्रेष्ठले भनेका छन्, ‘यसप्रकारको कर्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओज गि’र्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई क’मजोर पार्ने काम हुन सक्छ।’

रअ प्रमुख गो’यललाई नेपाल भ्रमण गर्न उडान अनुमति दिएपनि नेपाल सरकारका कुनै पनि निकायले उनको भ्रमणबारे औपचारिक जानकारी दिएका थिएनन्। बुधबार १ बजे काठमाडौं अवतरण ग’रेको गोयल नेतृत्वको नौ स’दस्यीय रअको टोली २३ घण्टा काठमाडौंमा बि’ताएर बिहीबार बिहान १० बजे दिल्ली फर्केको थियो। बुधबार मध्यराति प्रधानमन्त्री ओलीले बालुवाटार निवासमा नि’म्त्याएर गो’यलसँग ३ घण्टा भेटवार्ता गरेको खबर सार्वजनिक भएपछि र गो’यलको टो’ली दिल्ली फर्केपछि मात्रै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘शि’ष्टाचार भेट भएको’ भन्दै प्रे’स नो’ट जा’री गरेका थिए, जसबाट भेटवार्ता भएको औ’पचारिक पुष्टि भएको थियो।