जनप्रतिनिधिले पाए दशै भत्ता सहित तीन महिनाको सेवा सुविधा

हुम्ला : जिल्लाको उत्तरी क्षेत्रमा पर्ने स्थानीय तह नाम्खा गाउँपालिकाका जनप्रनिधिहरूले दशैँ खर्च सहित तीन महिनाको सेवा सुविधा पाएका छन् । यसरी पछिल्लो समय कर्णली प्रदेश सरकारले २०७७ असार ३० गतेको प्रदेश राजपत्रमा सूचना प्रकाशित गरेपछि यो सेवा सुविधा दिन बाधा अकडाउ फुकेको हो ।कर्णाली प्रदेश सरकारले २०७७ असार ३० गते प्रकाशित गरेको प्रदेश राजपत्रको खण्ड ३ अतिरिक्ताङ्क २ ले यो वाधा अडकाउ फुकाएको छ । अब हुम्लाका स्थानीय तहका जनप्रतिनिधहरूले पुनः तेह्र प्रकारका सेवा सुविधाहरू आ.व.२०७७÷०७८ साउनबाट पाउने भएका छन् ।

सम्भावत हुम्लाका स्थानीयत तहका जनप्रतिनिधिहरूका लागि पर्व खर्च र अन्य सेवा सुविधा खर्च खुवाउने पहिलो गाउँपालिका भएको गाउँपालिकाका लेखा अधिकृत अश्विनी देवकोटाले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो हामीसँग गाउँपालिकाको आफ्नो संचित कोषमा रकम भएकाले नाम्खा गाउँपालिका मातहतका कर्मचारी, शिक्षक र अन्यलाई पनि दशैँ खर्च सहितको तलव भत्ता खुवाएका छौं । केही रकम घटबढ भए पछि मिलान गरिने छ । यस्तै कर्णाली प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिहरूलाई सेवा सुविधा लगायतका अन्य खर्च खुवाउनका लागि बाटो खोलेको पनि हामीलाई सहज भएको हो ।

माथि उल्लेखि सेवा सुविधाहरूको उल्लेख कर्णली प्रदेश सरकारले प्रकाशन गरेको प्रदेश राजपत्र भाग १, खण्ड ३ सुर्खेत, असार ३० गते २०७७ साल अतिरिक्ताङ्क २ को अनुसूचि १, २ र ३ मा उल्लेख गरे भुक्तानी नै भुक्तानी गरिएको जानकारी प्राप्त भएको छ ।नाम्खा गाउँपालिकाले २७ जना जनप्रतिनिधिहरूका लागि साउन, भदौ, असोज गरी तीन महिना र दशैँ खर्च गरे चारको सेवा सुविधा खर्च वितरण गरेको छ ।