संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ । भोक लागेर खाना खानु प्रकृति हो, अर्काको भाग खान खोज्नु विकृति हो । सबैले खाए खाएनन् खोजी गरेर खुवाउनु संस्कृति हो, आफ्ना सदगुणहरु वृद्धि गर्न दो’षहरु ह’टाउनु संस्कार हो ।जीवन स्थिर पोखरी होइन, जो सधैँ एकै ठाउँमा रहिरहोस् । जीवन त गतिशील नदी हो । सुख दुःख भएकाे जीवन नै जीवन हो, सुख दुःख नै नभएको जीवन त विफल हो ।

दुःखको अनुभूति भएपछि नै त्यसलाई छाेडेर सुखमय जीवनको इच्छा हुन्छ । जबसम्म मानिसमा आफ्नो क’ष्टप्रति जिज्ञासा उत्पन्न हुँदैन, जबसम्म उसलाई कष्ट भोग्नुभन्दा क’ष्टबाट मुक्त हुने उपाय खोज्नुमा अभिरुची जाग्दैन, तबसम्म त्यसलाई पूर्ण मानवका रुपमा सम्झनु हुँदैन ।आज हामीमा साझा समस्या छ । एउटा बि’ग्रेको अर्कोले हेर्ने बेला छैन । सबैको हृ’दयमा एउटै उद्देश्य हुनुपर्दछ । आज हामी कोही पनि हार खान तयार छैनाैं, सबैलाई जित्नै परेको छ । हामी सबैलाई थाहा छ–सेवा नै जीवको चीर सहचर हो र सेवा गर्नु नै सनातन धर्म हो ।

आ’शक्तिरहित निष्काम भावले कर्म गर्नेलाई र असली आत्मावोधको स्थितिमा स्थिर भएकाहरुलाई यो सा’क्षात्कार सम्भव छ । नारी हाम्री जननी हुन् र जननीको जहाँ आधार, सम्मान र पूजा हुन्छ देवताहरु पनि त्यही रमाउँछन् । तर आज स्वयम् देवताहरु देवलोकबाट धपाइएको, अशान्ति, अ’पराध र अमानुसिक क्रियाकलाप प’राकाष्ठामा पुगेको सबैमाझ सर्ववितिदै छ । यस्तो अवस्था देखेर अर्थात् आफूभन्दा बढी जाल बुन्न ख’प्पीस् मानिस देखेर माकुरा स्वयम् आश्चर्यमा पर्न सक्छ ।नेपालको हित नै हामी सबैको हित हो, जसको निमित्त सबैबाट अनुशासन प्राप्त हुनु अत्यन्त आवश्यक छ ।

आज आफ्नो देशलाई त्यागेर, आफ्नै देशलाई क्षति पुर्याउने कु’चेष्टामा परेकाहरुले पनि झस्केर सोच्ने स्थितिमा पुगेका छन् । यस्तो सुवर्ण अवसर गुमाउनु हामी सबै नेपालीको लागि मात्र नभई भावी नेपाली सन्तानका लागि समेत पछुताउनु शिवाय अरु हुन सक्तैन ।यो हामी सबैको सामु स्पष्ट भएको पनि छ । यसमा कसैको दुई मत रहन सक्तैन । यसकारण हामी सबैले अब हाहामा लाग्ने, तर्सने वा ह’च्कने बेला छैन र अवश्य समयलाई चिनेर समयको साथ मिहेनत गर्नुछ, उद्योग चलाउनुछ र प्रगति गर्नु परेको छ ।किनकी आजको समयमा केही व्यक्ति मात्र धनी भएर त्यो समाज सप्रियो भन्न सकिदैन ।

केही ठाउँमा विकास निर्माण हुँदैमा देश बन्यो भन्न सकिदैन । र, धर्मको नाममा आडम्बर मात्र हुन्छ भने मानिसलाई छ’काएर स्वर्ग पुगिन्छ भनेर भन्न गार्हो पर्दछ ।आज हामी सबैले आफू मात्र होइन नेपाल र नेपाली समाजको समान उत्थान र प्रगतिको महत्वलाई बुझ्नु पर्दछ र समान दृष्टिले सन्तुलन ल्याउन सक्नु पर्दछ । किनभने हामी प्रत्येक प्राणी ईश्वरकै सन्तान हाैं । आजको समाज र कानूनी दृष्टिमा हामी सबै बराबर हौं । देश हामी सबैको साझा हो ।अन्याय र अनाचारसँग सम्झौता गर्नु जस्तो अ’पराध अरु कुनै छैन भन्ने तथ्यलाई कसैले कदापी बिर्सनु हुँदैन ।

प्रत्येक अन्याय र अनाचारसँग ठीक तरिकाले भिड्नु नै सर्वोत्तम धर्म हो भन्ने तथ्यलाई पनि सबैले सदा सम्झनु पर्दछ । आफ्नो आचरण, संस्कार र संस्कृतिको सदा सम्मान र पालना गर्न कहिल्यै नबिर्सनु । आचरण ह’राए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति ह’राए राष्ट्र हराउँछ । यदि राष्ट्र हराएमा हाम्रो पहिचान रहँदैन भन्ने तथ्यलाई कहिल्यै कसैले नकार्न सक्तैन ।अन्त्यमा, देश र जनताको सेवा गर्ने मेरो एक मात्र लक्ष्य र उत्साह छ । जुन देशमा जन्में, हुर्कें, त्यसै देशको माटो र नेपालीको भलाइमा म’रिमेट्न सकूँ ।