पूर्व सभासद मादेनको घरमा आ’गलागी

काठमाडौं , ताप्लेजुङको फुङलिङ नगरपालिका ९ हाङदेवामा रहेको पूर्व सभासद सञ्चपाल मादेनको घरमा आ’गलागि भएको छ । आ’गलागिका कारण नगद १ लाख ५० हजार, १ तोला सुन, अन्नबाली, फर्निचरका सामाग्री, लत्ताकपडा, संविधानसभाको मेडल, अलैँची लगायतका सामान जल्दा ३९ लाख ६५ हजार हजार क्ष’ति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । आ’गलागीबाट अन्य मानवीय र चौपायाको क्षति भने नभएको समेत उहाँले बताउनुभयो ।

ढुङगा माटोले बनेको जस्ताको पाता लगाइएको तीन तले घरमा विद्युत स’र्ट भएर आ’गलागी भएको हुनसक्ने प्रहरीले बताएको छ । दिउँसो करिव पौने १ बजेबाट सुरुभएको आ’गलागी स्थानिय नेपाली सेना, नेपाल प्रहरी, र शसस्त्र प्रहरी ब’ल लगायतको सक्रियतामा करिव साढे २ बजे मात्रै पूर्ण नियन्त्रणमा आएको थियो ।